Nepal-Bharat Sambandha ra Asaman Sandhi-Samjhautaharu's front cover

Nepal-Bharat Sambandha ra Asaman Sandhi-Samjhautaharu

नेपाल-भारत सम्बन्ध र असमान सन्धि-सम्झौताहरू
Nepal-Bharat Sambandha ra Asaman Sandhi-Samjhautaharu's front coverNepal-Bharat Sambandha ra Asaman Sandhi-Samjhautaharu's back cover

Paperback

Rs 999

Delivery in 1-3 days

पछिल्लो बाहिरी पृष्ठबाट

परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठद्वारा लिखित 'नेपाल-भारत सम्बन्ध र असमान सन्धि-सम्झौताहरू' नामक पुस्तक नेपाल–भारत सम्बन्धका विविध पाटाहरूको गहिरो विश्लेषणमा आधारित महत्त्वपूर्ण दस्तावेज हो ।पुस्तकमा लेखकले नेपाल-भारत सम्बन्धमा विद्यमान जटिलताहरूलाई तथ्यपरक रूपमा केलाउँदै राष्ट्रियता र कूटनीतिक संवेदनशीलतालाई सूक्ष्म रूपमा विश्लेषण गरेका छन् । सन् १८१६ को सुगौली सन्धिदेखि सन् १९४७ को त्रिपक्षीय गोर्खा भर्ती सम्झौता, सन् १९५० को शान्ति तथा मैत्री सन्धि, व्यापार तथा पारवहन सन्धि, कोशी - गण्डक सम्झौता तथा महाकाली सन्धिले नेपाल-भारत सम्बन्धमा पारेको असर र ती सन्धि-सम्झौताहरूको खारेजी तथा पुनरवलोकनको आवश्यकता औंल्याएका छन् ।लेखकले भारतले भन्ने गरेको तथाकथित विशेष सम्बन्ध' तथा नेपालले आत्मसात गरेको 'समानतामा आधारित असंलग्न परराष्ट्र नीति' बीचको अन्तर्द्वन्द्वलाई मिहिन ढङ्गले केलाउँदै द्विपक्षीय सन्धि-सम्झौता, पारवहन सुविधा, खुला सीमा, सुस्ता-महेशपुर सीमा विवादलगायतका मुद्दाहरूलाई गम्भीरताका साथ उठाएका छन् । नेपालको सन्तुलित असंलग्न परराष्ट्र नीति तथा आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि स्पष्ट मार्गचित्र प्रदान गर्ने यो पुस्तक नेपाल-भारत सम्बन्धमा चासो राख्ने सबैका लागि सङ्ग्रहणीय कृतिका रूपमा रहेको छ ।-रतन भण्डारी

All Editions

9789937993340
Paperback
ISBN13: 9789937993340
Imprint, 2026

Share Your Thoughts

Your review helps others make informed decisions

Click on a star to start your review