Delivery in 1-3 days
नवल खड्का नाम मात्र होइन । कला र राष्ट्रभक्तिले जन्माएको अडान हो । चलचित्र क्षेत्रमा तथस्टता सजिलो थियो । तर उनले राष्ट्रियताको पक्ष रोजे । सिनेमालाई मनोरञ्जन मात्र होइन, राष्ट्रको परिभाषा बनाए। सहिदलाई स्मृति मात्र होइन, नागरिक चेतनाको ज्वाला बनाए। सीमामा काँडेतारको अभियान चलाए । बागमती सरसफाइको अवधारणालाई निरन्तरता दिलाए र नागरिकलाई कर्तव्य सिकाए ।
यो किताब प्रशंसाको कथा होइन। यो देश सोच्ने एउटा नागरिकले भोग्नुपरेको बेचैनीको कथा हो । देशलाई नारामा होइन, नसामा महसुस गराउने कथा हो। सिनेमालाई मिसनका रूपमा बुझाउने कथा हो । देशभक्तिको भनाइ र गराइबिचको फरकको कथा हो । यो एक योद्धाको कथा हो। यो तपाईंको नवलको कथा हो ।
Your review helps others make informed decisions
Click on a star to start your review