Nadiko Rajmarga

Nadiko Rajmarga

नदीको राजमार्ग

Paperback
Rs 360
Genre:Stories
Language : Nepali
Published: January 29, 2024
Paperback
Weight:100 g

पछिल्लो बाहिरी पृष्ठबाट

गीत, गजल, कविता र मुक्तक लेखनमा आफूलाई बलियोसँग स्थापित गरिसकेका पोखरेली सर्जक दीपक समीप ‘नदीको राजमार्ग’ मार्फत लघुकथाको संसारमा अवतरित भएका छन् । लघुकथाको विधागत धर्मिताभित्र रहेर उनले शब्दको मितव्यीता, पात्रको न्यूनता तथा विचारको वेगले ओतप्रोत प्रभावशाली लघुकथा लेखेका छन् । उनका लघुकथामा मूलतः खण्डित मान्छेभित्रका साना-ठूला दोषहरू अभिव्यक्त छन् भने कतिपय कथाहरूमा सामाजिक-राजनीतिक विकृतिप्रतिको उनको कटाक्ष पढ्न पाइन्छ । पलायन, भ्रष्टाचार, बढ्दो असुरक्षा तथा कमजोर बन्दै गएका मानवीय सम्बन्धहरूलाई उनले तीव्र उद्वेगका साथ आफ्ना कथाहरूमा अटाएका छन् । उनका कथा, एक अर्थमा आजको विकृत समयका प्रस्ट दृश्य-बिम्ब हुन् ।