Mukta Aawaj
Mukta AawajMukta Aawaj

Mukta Aawaj

मुक्त आवाज: लोकतन्त्र, संस्कृति र राष्ट्रबारे

by Ravish Kumar, Translated by Lekhnath Chhetri
E-book
Rs 160
Paperback
Rs 288 Rs 320
Genre:Politics
Language: Nepali
Published:December 20, 2019
Edition:1st
Paperback
Origin:Nepal
ISBN13:9789937734196
ISBN10:9937734193
Weight:125 g

पुस्तकको बारेमा

सन् २०१९ को रामोन म्यागासेसे पुरस्कार विजेता रवीश कुमारले टीआरपीको अन्धाधुन्ध दौडमा सामेल भारतीय मिडियाको चिरफारलाई निष्ठा र इमानदारीका साथ प्रस्तुत गरेका छन् । रवीश भारतमा विद्यमान सञ्चार क्षेत्र, सामाजिक सञ्जाल, प्रायोजित मिडिया लगायत राष्ट्रवादका कृत्रिम समस्याबारे आवाजविहीनको आवाज बनेका छन् ।

पछिल्लो बाहिरी पृष्ठबाट

सन् २०१९ को रामोन म्यागासेसे पुरस्कार पाएका रवीश कुमार प्रसिद्ध टेलिभिजन प्रस्तोता, पत्रकार एवं लेखक हुन् । उनी भारतीय समाज, राजनीति र संस्कृतिका बहसलाई निरन्तर नागरिकसामू राख्ने निडर पत्रकार मानिन्छन् । हाल एनडीटीभी इन्डियाका वरिष्ठ कार्यकारी सम्पादक रहेका रवीशलाई सन् २०१६ मै द इन्डियन एक्सप्रेसले 'सय प्रभावशाली भारतीय को सूचीमा समेटेको थियो । इमानदारी र निर्भीकता उनका चिनारीका चुली हुन् ।

प्रस्तुत पुस्तकमा भारतीय राजनीति, पत्रकारिता, सिनेमा, धार्मिक विषयवस्तुबारे लेखकका सात थान तीखा, आलोचनात्मक र निबन्धात्मक टिप्पणी रहेका छन् । उनको पहिलो सरोकार प्रश्न गर्ने नागरिक उत्पादनमै छ । हरेक निबन्धमा आम मानिसको वास्तविक जीवनसँग जोडिएका समस्या उठाइएको छ । फर्जी समाचार, इतिहास र बहस छोडेर सत्यको गवेषणा गर्ने उनको प्रयास छ । उनले टीआरपीको अन्धाधुन्ध दौडमा सामेल भारतीय मिडियाको चिरफारलाई निष्ठा र इमानदारीका साथ प्रस्तुत गरेका छन् । भारतमा विद्यमान सञ्चार क्षेत्र, सामाजिक सञ्जाल, प्रायोजित मिडिया लगायत राष्ट्रवादका कृत्रिम समस्याबारे रवीश आवाजविहीनको आवाज बनेका छन् ।

Contact

thuprai.com - your source for books in Nepal. We introduce you to our ebook collection.

Selected books have been made available now and we will keep increasing the number of titles. Start reading them immediately and conveniently from within our apps.

Copyright © Thuprai Solutions
|
A Product of Awecode