Mrityule Musareko Manis

मृत्युले मुसारेको मानिस

Paperback

Rs 600

Delivery in 1-3 days

पछिल्लो बाहिरी पृष्ठबाट

पुराना पत्रकार एवम् राजनीतिक कार्यकर्ता मदनलाल पौड्यालको इमानदार आत्मवृत्तान्त हो, मृत्युले मुसारेको मानिस । लामो समय नेपालको कम्युनिस्ट आन्दोलनमा लाग्दा साढे ६ वर्षको कठोर भूमिगत जीवन, सर्वस्वहरण अनि जेलजीवन बिताए पनि कहिल्यै लाभको पद नलिएका पौड्यालले तटस्थ भावमा आफ्नो कथावाचन गरेका छन्।

बर्माबाट लेखकका बाबुआमा कसरी नेपाल आए र तिनले यहाँ कसरी जीवनयापन गरे भन्ने मात्र होइन, उनी पढ्नका लागि कसरी कोलकाता पुगे र त्यहाँ कम्युनिस्ट नेता नृपेन्द्र चक्रवर्तीमार्फत नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता पुष्पलालसँग कसरी भेट हुन पुग्यो भन्ने गहकिला स्मृति पुस्तकमा समेटिएको छ। नेता पुष्पलालप्रतिको उनको समर्पण असली पिएलाइट' के रूपमा छ।

यस पुस्तकमा नेपालका कम्युनिस्ट पार्टीका थुपे नेताहरू, पत्रकारिता क्षेत्रका हस्तीहरू अनि समसामयिक राजनीतिक सन्दर्भबारे निकै तिखो र खरो टिप्पणी गरिएको छ । वास्तवमा भन्ने हो भने उनको जीवनकथामा नेपालको कम्युनिस्ट आन्दोलनको अनौपचारिक इतिहास नै लिपिबद्ध भएको छ । यस हिसाबले यो पुस्तक निकै रोचक राजनीतिक इतिवृत्तान्त बन्न पुगेको छ।

मदनलाल पौड्यालको वृत्तान्तमा कत्ति पनि आडम्बर र कृत्रिमता छैन । उनी हरेक कुरा सोझै भन्न रुचाउँछन् । 'मातृभूमि' साप्ताहिकमा प्रकाशक/सम्पादक गोविन्द वियोगीसँग दशकों सहकार्य गरेका उनलाई पत्रकारिताको शैली प्रिय लाग्छ । यो अत्यन्त सरल, सरस र आद्योपान्त पठनीय पुस्तक हो । पुस्तक पढ्दाखेरि नेपालका बारेमा धेरै कुरा थाहा हुन्छ र पौड्याल असीम प्रेम, श्रद्धार सम्मानका हकदार पात्र लाग्छन्।

 

All Editions

9789937313247
Paperback
ISBN13: 9789937313247
Bibek Sirjanshil Publication, 2022

Share Your Thoughts

Your review helps others make informed decisions

Click on a star to start your review