Momcho

Momcho

मोम्चो

Paperback
Rs 342 Rs 380
Genre:Short Stories
Language: Nepali
Published:December 04, 2021
Edition:1st
Paperback
Origin:Nepal
ISBN13:9789937747950
ISBN10:9937747953
Weight:350 g

पुस्तकको बारेमा

मेम्चो चेपाङ शब्द हो । चेपाङ भाषामा यसको अर्थ महिला वा नारी भन्ने हुन्छ । पत्रकार तथा कथाकार पराजुलीले मोम्चो खास गरी नेपाली समाजमा विद्यमान नारीले भोग्नु परेका समस्या, गर्नुपरेका सङ्घर्ष र पितृसतात्मक समाजको परिणाम स्वरुप सिर्जित नारी समस्यासँग सम्बन्धित नारीवादी विषय उठान गर्नुभएको छ । यस कृतिमा ११ वटा कथाहरू रहेका छन् । जसमध्ये मोम्चो शीर्ष कथा हो । यसको नामवाट कृतिको नाम नै राखिएको कथाकार पराजुलीले बताउनुभयो । पराजुलीले भन्नुभयो, “मोम्चो विशेषगरी चेपाङ समुदायमा बढ्दो बालविवाह र त्यसपछि महिलाले भोग्नु परेका समस्यामा केन्द्रित कथा हो ।” चेपाङ समुदायमा बालबिबाह हुने गर्दछ । कतिपयले यो समुदायमा बच्चाले बच्चा पाउँछन् भनेर भन्ने गर्दछन् ।

मेम्चोमा समसामाहिक विषय विस्तुमा केन्द्रित कथाहरु रहेका छन् ।

पछिल्लो बाहिरी पृष्ठबाट

परिचय छ , लामो पत्रकारिताको । परिचित भए नेपाली साहित्यमा पनि । सत्यतथ्यमा आधारित भएर समाचार लेख्ने पत्रकार । सत्यलाई परिकल्पनाले कलात्मक बनाउने साहित्यकार । सबैले देखिने गरी उत्रिए दुवैमा वसन्त पराजुली ।

कुमाताले साहित्यमा परिचित गरायो । प्रतिष्ठा बढायो पुरस्कार पनि दिलायो । यसको प्रकाशनपूर्व गरिएको शुभसङ्केत र कामनाले सार्थकता पायो । पहिलो कथासङ्ग्रहबाट हौसिएका वसन्त अब मोमचोमा निस्किएका छन् , बेजोड तयारीसाथ । यो यात्राले उनलाई कथायात्रामा सुनिश्चित गर्न सक्ने मलाई विश्वास छ । कथामा आजको जीवन र समाजलाई ऐनामा जस्तै गरेर देखाउन सकेका छन् ।

कथाको दम , कथाकारितासँगै कथाशक्तिमा पनि उत्तिकै जोडिएका छन् , प्रत्येक कथामा । कथाको यो यात्राले वसन्तलाई परीक्षणकालबाट स्थायी बनाउने र स्थापित पनि गराउनेमा म ढुक्क छु ।

श्रीओम श्रेष्ठ ‘ रोदन ‘
साहित्यकार

Contact

thuprai.com - your source for books in Nepal. We introduce you to our ebook collection.

Selected books have been made available now and we will keep increasing the number of titles. Start reading them immediately and conveniently from within our apps.

Copyright © Thuprai Solutions
|
A Product of Awecode