Michigan Blues
Michigan BluesMichigan Blues

Michigan Blues

मिसिगन ब्लुज

Paperback
Rs 350
Genre:Stories
Language: Nepali
Published:April 22, 2018
Edition:1st
Paperback
Pages:207

पछिल्लो बाहिरी पृष्ठबाट

लामो समय अमेरिका बसेर फर्केका अरूण शर्मा निकै पुराना लेखक हुन् । इन्जिनियरिङ, कानून र म्यानेज्मेन्ट अध्ययन गरेका उनी नेपालकै पहिलो माइक्रोचिप बनाउने इन्जिनियर पनि हुन् । उनको कथासङ्ग्रह 'कालो रात र एक पर्यवेक्षक तथा उपन्यास एक डायर सुशी र कन्चनजङ्गा २०२० को दशकमै प्रकाशित थिए । २०३० को दशकमा नै एक सक्षम युवा आख्यानकारका रूपमा स्थापित भइसकेका अरूण शर्माको 'मिसिगन ब्लुज प्रकृति र मानवीय भावनाको बडो रोमाञ्चक चित्रण गरिएको उपन्यास हो । यस उपन्यासको पहिलो भागले युवाहरूको मन स्वाट्टै तान्ने छ । विशाल मिसिगन तालको पानी जस्तै लेखक तरल बनेका छन्, पहिलो भागमा । यस्तो लाग्छ लेखक प्रेम लेखिरहेका नभएर प्रेम गरिरहेका छन् । र, यही बोध पाठकलाई पनि हुन्छ । पाठकलाई लाग्छ आफ्नो जोडीको हात समाएर ऊ पनि मिसिगन ताल वरपर नै छ । तर यो सुख स्थायी छैन । प्रेममा दुख बोकेर लेखक नेपाल फर्कन्छन् । तर यहाँ आउँदा उनको त्यो कोमल हृदयको प्रेमी पात्र साइन्स, साहित्य र बुद्ध दर्शन जोडेर आविष्कार, अन्वेषण, सृजना र जीवनका रहस्य खोतल्न सक्ने भएर आएको हुन्छ । अर्थात् दोस्रो खण्डमा भने उपन्यासमा जीवन र जगतका भित्री रहस्यहरू खोतल्ने प्रयास गरिएको छ । यहाँ पनि लेखकलाई पानीले तान्न छोड्दैन । मेलाम्चीतिर बरालिन्छ मिसिगन दुखेको पात्र । र, अन्ततः उपन्यास निक्र्योलमा पुग्छ, भौतारिनु, बरालिनु, गलत मानिसको संगतमा पर्नु र बाटो बिराउनु पनि जीवनको खोज हो । पछुताएर रोकिनु आवश्यक छैन, यी सबैको पनि कारण र महत्त्व हुन्छ जीवनमा । दुखमा होस् या सुखमा जीवनलाई रोक्नु हुँदैन, रोके सड्छ । बग्न दिइरहनु पर्छ, बगे सङ्ग्लिन्छ । यही भन्छ 'मिसिगन ब्लुज'ले ।

 

Contact

thuprai.com - your source for books in Nepal. We introduce you to our ebook collection.

Selected books have been made available now and we will keep increasing the number of titles. Start reading them immediately and conveniently from within our apps.

Copyright © Thuprai Solutions
|
A Product of Awecode