Metamorphosis
MetamorphosisMetamorphosis

Metamorphosis

मेटामर्फोसिस

by Franz Kafka, Translated by Ramchandra KC
Hardcover
Rs 315 Rs 350
Genre:Short Stories
Language: Nepali
Published:November 26, 2021
Edition:1st

Hardcover

Origin:Nepal
ISBN13:9789937941457
ISBN10:9937941458
Weight:172 g

पुस्तकको बारेमा

"प्रथम वाक्यमा नै कथाको उत्कर्ष उजागर गरेर फ्रान्ज काफ्काले अत्यन्त अस्वभाविक कथावस्तुलाई आफ्नो साहित्यिक विशिष्ठता र कथ्य-कौशलले द मेटामोर्फसिसलाई यथार्थपरक बनाउन सफल रहेका छन् । मुख्य पात्र ग्रेगोर स्याम्साको आत्मस्वतन्त्रता र उसको परिवारलाई चाहिएको आत्मनिर्भरताका लागि कथामा भएका परिवर्तन र घटना शृङ्खलाका रूपान्तरणले कथालाई पठनीय बनाएको छ ।" —अर्चना थापा, लेखक

"विश्‍वभरका भूतपूर्व लेखक, समकालीन लेखक एवम् नवआगन्तुक लेखकहरूलाई हिप्नोटिक प्रभावमा पारिरहने यो कथाले कल्पनाशीलताको नूतन द्वार खोलिदिएको छ । मलाई थाह छ, मैले यो लेखिरहँदा संसारको कुनै न कुनै कुनामा, कुनै न कुनै मनुवालेद मेटामोर्फसिस अवश्य पनि पढिरहेको छ ।" —कुमार नगरकोटी, लेखक

पछिल्लो बाहिरी पृष्ठबाट

"काफ्का भनेको मेटामोर्फसिसमेटामोर्फसिस भनेको काफ्का । विश्वसाहित्यमा मानवीय विद्रूपता र विडम्बनाको यसभन्दा भयानक र कारूणिक प्रतीक कथा सायदै अरूले लेखेका छन् ।" —सरूभक्त

अनौठो सपनाबाट एकाबिहानै ओछ्यानमा ब्युझिंदा ग्रेगोर स्याम्साले आफ्नो शरीर डरलाग्दो कीरोमा परिणत भएको पायो । तत्पश्चात् उसले आफ्नो 'घुमुवा बिक्रेता पेशालाई निरन्तरता दिन सकेन ।

एक्लै बाँच्नुको पीडा, भेदभावी मातापिताको रूखो व्यवहार तथा पूरै परिवारले नै ग्रेगोरलाई गरेको घृणा र बेवास्ता अनि उसमा छाएको जीवनप्रतिको नैराश्यलाई रोचक ढङ्गले यस कथामा उतारिएको छ ।

फ्रान्ज काफ्काको द मेटामोर्फसिस विश्व साहित्य बजारमा अत्यधिक रूचाइएको र कयौं भाषामा अनूदित कृतिमध्ये एक हो ।

 

Contact

thuprai.com - your source for books in Nepal. We introduce you to our ebook collection.

Selected books have been made available now and we will keep increasing the number of titles. Start reading them immediately and conveniently from within our apps.

Copyright © Thuprai Solutions
|
A Product of Awecode