Media Mahila ra Ma
Media Mahila ra MaMedia Mahila ra Ma

Media Mahila ra Ma

मिडिया महिला र म

Paperback
Rs 700
Genre:Political & Legal Fiction
Language : Nepali
Paperback
Origin:Nepal
ISBN13:9789937945134
ISBN10:9937945135

पुस्तकको बारेमा

मिडिया, महिला र म  लेखक अमृता लम्सालले देखेभोगेको तीन दशकको चित्र हो । तीस वर्षे पञ्चायती व्यवस्थापछि महिला सशक्तिकरणका लागी संवैधानिक, कानुनी र संस्थागत पहल के कस्ता भए, वा भएनन् ? महिलाले समानतामूलक र समतामूलक अधिकारका लागि कसरी लड्नुपर्यो ? चौथो अंग मानिने मिडियामा महिला सहभागिता र महिला सम्बन्धित विषयवस्तु कस्तो थियो ? महिलाबारे लेख्ने एकाध पत्रकार/लेखकलाई के–कस्ता लाञ्छना र आरोप लगाइन्थ्यो ? आज महिला मुद्दाप्रति तैबिसेक उदार देखिने जमात हिजो भर्खरसम्म कस्तो थियो ? सशस्त्र द्वन्द्वकालमा मानव अधिकार कसरी कुण्ठित भएको थियो ? मिडियाको बाटो हुँदै महिलाकेन्द्रित सवालले आफ्नो बाटो कसरी कोर्‍यो ? आजको नेपाली महिलावाद वर्तमान अवस्थामा आईपुग्न कति संघर्ष गर्नुपर्यो ? यस्ता प्रश्नहरूको कतै विवरणात्मक, कतै संस्मरणात्मक, कतै व्याख्यात्मक, कतै विश्लेषणात्मक र कतै संवादात्मक प्रस्तुति हो, मिडिया, महिला म ।

यो कृति लैंङ्गिक अध्येता, मिडिया अध्येता तथा इतिहासमा रूची राख्ने लेखकहरूले पढ्नैपर्ने कृति हो । संस्मरणात्मक कृतिमा दुर्लभप्रायः हुने वस्तुपरक दृष्टिको समालोचनात्मक कोण यसमा भेटिन्छ । पुरुषले पुरुषको साँघुरो इतिहास मात्र नलेख्दा हुन् वा दलीय-जागिरे महिलाले आफ्नो मात्र इतिहास नलेख्दा हुन् त अमृताबाट यो कृति यति बेला नजन्मिँदो पनि हो । एक पाखे इतिहास र इतिहासकाहरूलाई धन्यवाद दिनुपर्ने हुन्छ, जसका राँटामा यो संग्रहणीय र नौलो पुस्तक उम्रियो ।