Mareechika

Mareechika

मरीचिका

E-book
Rs 100
Paperback
Rs 265Rs 295
Genre:Short Stories
Language: Nepali
Published:April 12, 2019
Edition:1st
Paperback
Origin:Nepal
ISBN13:9789937708722
ISBN10:9937708729
Pages:202
Weight:120 g

About the Book

विज्ञान कथालाई मनोविज्ञानसँग मिसाएका कारण यसमा समाज र विज्ञानको अद्भूत कल्पनाशीलता देख्न पाइन्छ । विकसित समाजमा हुनसक्ने संभाव्यतालाई पात्र मार्फत बुन्न लेखक सफल भएका छन् । ‘मरिचिका’ले एक प्रविधिसम्पन्न भविष्यको कल्पना गरेको छ जसमा एक पारिवारिक सम्वन्धलाई एक अत्याधुनिक तथा विकसित कालखण्डको एक मानवपात्रको दृष्टिकोणबाट त्यसबेलाको पारिवारिक, वैवाहिक सम्वन्धलाई केलाउने प्रयास गरेको छ । कथामा व्याप्त विविध विषयहरू समाज, यौन, विज्ञान, मनोविज्ञान, अपराध, आस्था, अनास्था, आडम्बर जस्ता विविध तत्वहरूको सम्मिश्रण बन्न पुगेको छ ।

पछिल्लो बाहिरी पृष्ठबाट

वाचनको नयाँ शिल्प प्रस्तुत गरेकाले महेश थापाका कथाहरू कथाको भिडबाट अलग देखिन्छन् । साइन्स फिक्सन जस्ता लाग्ने कथाहरूमार्फत उनले अहिलेका समस्या, समाज, राजनीति, अर्थनीति, अधिकार र कर्तव्य आदितिर कठोर व्यङ्ग्य कसेका छन् । उनका कथाका पात्रहरू अजिब लाग्छन् तर परिधित; समस्याहरू अनौठा लाग्छन् तर हामै भोगाइको भुङ्ग्रोमा सेकिएका । भाषा, शिल्प, प्रस्तुति, विषयवस्तु आदिको नवीनताका कारण यो सग्रह पठनीय बनेको छ। 

- नयनराज पाण्डे, आख्यानकार

महेश थापाको कलम अदभुत छ, जस कारण उनका सिर्जनाहरूले पाठकलाई सुरुदेखि अन्त्यसम्म चातुर्यपूर्वक डोयाउँछन् । भौतिकीले थिचेको वर्तमानमा मानिस आफूमा सन्तुष्ट छैन, अल्पावधिमै धेरै प्राप्तिको कामनामा रहन्छ । यिनै र यस्तै असन्तुष्टिले जीवनमा अनगन्ती समस्याहरूसँग जुनुपरेको छ । आफूले चाहेको जीवन जिउन मानिस कस्ताकस्ता कठोर निर्णय गर्न बाध्य हुन्छ ? कथाकारले रचनात्मकतापूर्वक उनेका छन् घटना परिघटनाहरू । मरीचिकाभित्र रामगृहीत कथा पढेपछि हाम्राअगि थुप्रै नौला गन्तव्य सिर्जित भएको अनुभूति भयो । 

- माया ठकुरी, कथाकार