Manoj Bajpayee's front cover

Manoj Bajpayee

मनोज बाजपेयी: बेलवादेखि बलिउडसम्म
by Piyush Pandey, Translated by Yangesh
Manoj Bajpayee's front coverManoj Bajpayee's back cover

Paperback

Rs 500

Delivery in 1-3 days

पछिल्लो बाहिरी पृष्ठबाट

नेपालको सीमानजिकै बिहारको एउटा गाउँबाट भारतको राजधानी दिल्ली पुगेर नाटकको संसारमा चम्किएपछि फिल्म नगरी मुम्बई पुगेर हिन्दी फिल्म उद्योग (बलिउड) को स्टार बन्न सफल भएका अभिनेता मनोज बाजपेयीले गरेको अथक संघर्षको कथा हो 'मनोज बाजपेयी : बेलवादेखि बलिउड।
मनोज बाजपेयीको सफलता केवल हिरो हुनु वा स्टार हुनुमा सीमित छैन, बरु हज्जारौ साना बजार-कस्बाका असंख्य युवालाई जीवनमा केही बन्न प्रेरित गर्नुमा छ । सामान्य किसानका छोरा मनोज दिल्ली र मुम्बई पुगेर कसरी खारिएका अभिनेता बन्न सफल भए ? उनलाई कसले सहारा दिए ? जीवनमा उनले केकस्ता अप्ठ्यारा खुट्किलाहरू पार गरे ? कस्ता-कस्ता परीक्षा दिनुपयो ? कसरी उनले अभिनय सिके, भाषा सिके र असफलताका अँध्यारा दिनहरूमा कसरी हिम्मतको दियो बालिराख्न सके ? यी र यस्तै अनेकन प्रश्नको उत्तर यो पुस्तकले दिन्छ।
सफलताको शिखर चढिसकेपछि उचाइमा टिकीरहन कति गाह्रो छ भन्ने पनि यो पुस्तकले बताउँछ । बलिउड उद्योगको चरित्रका केही नखुलेका पाटाहरूलाई पनि यसले उजागर गरेको छ ।
मनोज बाजपेयी, उनको परिवार र नजिकका साथीहरूसँगको कुराकानीमा आधारित यो पुस्तक एउटा साधारण व्यक्तिको असाधारण सपना, संघर्ष, हिम्मत र सफलताको प्रेरणादायी दस्तावेज हो ।

All Editions

9789937990356
Paperback
ISBN13: 9789937990356
Sangri-La Books

Share Your Thoughts

Your review helps others make informed decisions

Click on a star to start your review