Delivery in 1-3 days
२०१७ बैशाख १० गते चौरजहारी, रुकुममा जन्मिएका शशिराम कार्की हाल नेपालगञ्ज, बाँकेका स्थायी बासिन्दा हुन् । लामो समय विद्यालयमा अध्यापन गराएर अवकाश प्राप्त कार्की आख्यान, गीत र कवितामा कलम चलाउँछन् । सपनाको देश (कथासङ्ग्रह-२०७२) शीतको थोपा (गीत कवितासङ्ग्रह-२०७३) मन्दाकिनी (कथासङ्ग्रह-२०७६) कार्कीका प्रकाशित पुस्तकहरू हुन् । राष्ट्रिय शिक्षापदक (२०६४) जनकलाल-मनकुमारी स्मृति प्रतिभा साहित्य पुरस्कार (२०७५) रङ्गोली साहित्य सम्मान (२०७६) उ.प्र. भारत। साहित्य सम्मान (२०७६) अवधी सांस्कृतिक प्रतिष्ठान, बाँके, सहित बिभिन्न प्रस्कार तथा सम्मान प्राप्त गरेका कार्की, भेरी साहित्य समाज, बाँके, प्रगतिशील लेखक संघ नेपाल, प्रतिभा साहित्य समाज खजुरा, बाँके लगायत बिभिन्न साहित्यिक संस्थाहरूमा पनि संलग्न छन् । मनको उडान कार्कीको पहिलो उपन्यास हो।
Your review helps others make informed decisions
Click on a star to start your review