Delivery in 1-3 days
पचास लाख दाना हीरा भए पनि एक दाना मोती छैन भने त्यो हाम्रो साहित्यमा 'मोतीराम' नहुनुजस्तै अभाव हो । धर्मराज हाम्रो साहित्यको ठूलो अभावका पूर्ति हुन् । उनको काव्य गुण 'आदर्श राघव' अथवा शाकुन्तलभन्दा मात्रै भिन्न होइन, 'तरुण तपसी' र 'राजेश्वरी भन्दा पनि भिन्न छ । अरू कवि जनतालाई देखाउन, सम्झाउन, बुझाउन, पढाउन, उठाउन र डोऱ्याउन खोज्दछन् भने धर्मराज जनतामा पसेर उनलाई उनकै भाषामा चेतना दिँदै बोलाउन खोज्दछन्- 'मङ्गली कुसुम' प्रत्यक्ष साक्षी छ ।
-बालकृष्ण सम
धर्मराजजी । यी आँसुले रुझाएका सुन्दर सुकुमार फूलमा मैले नेपाली नर र नारीको अनुहार देखें अनि गोरखकालीको कान्ति र गोरखनाथको शान्ति देखें । नेपाली वनको फूल झरेर गए पनि यो नेपाली मनको फूल झरेर जानेछैन ।
-माधव घिमिरे
मङ्गली र कुसुम मानवतावादको फूलबारीमा फुलेका प्रेमी-प्रेमिका हुन् । उनीहरूको मर्म पोतिएको वियोगको कारुणिक कथाले हाम्रो समाजको शोषण र विभेदको चूडान्त कथा कहेको छ । धनको तमकले र पुख्यौल गमकले अनमत्त भएका भालुसिङजस्ता शोषक अपराधको मनोदशाले विह्वल भई घर-गाउँलेका अगाडि आत्महत्या गरेको कथाले नेपाली समाजको इतिहास साक्षी राख्दै वर्तमानलाई विद्रूप प्रश्न गरेको छ।
Your review helps others make informed decisions
Click on a star to start your review