Maile Dekhe ko Nepal

Maile Dekhe ko Nepal

मैले देखेको नेपाल

Paperback
Rs 600
Genre:Autobiography
Language : Nepali
Published: 2016
Paperback
Origin:Nepal
ISBN13:9789993343882
ISBN10:9993343889
Pages:307
Weight:550 g

पुस्तकको बारेमा

नेपालका विभिन्न भागको भ्रमण गरि त्यहाँको सामाजिक सांस्कृतिक अध्ययन गरि तयार पारिएको डा. हर्क गुरुङको यो पुस्तक सामाजिक अध्ययनको लागि निकै उपयोगि पुस्तक हो । यो एक यात्रा संस्मरण जस्तो लागे पनि यहाँ भित्र अनेकन खुराक हामि अनुभव गर्न सक्छौ । विस अध्यायमा विभाजित यस पुस्तक भित्र विशेषत हिमाली जिल्लाका यात्रा अनुभव र सामाजिक सांस्कृति विशेषता रहेका छन।

पछिल्लो बाहिरी पृष्ठबाट

नेपालका कुना-कन्दरा, पहाड-पर्वत, भावर र दुन पैदल हिंडेरै पुग्ने थोरै नेपालीहरुम पर्छन हर्क गुरुङ | हिंड्नु त एउटा पहाडी गाउँमा जन्मेका उनको बाल्यकालको नियति नै थियो | तर विदेशमा पढेर आएपछि पनि उनले नेपाल यात्रालाई आफ्नो पहिलो प्राथमिकता बनाए | उनका लागी त्यस्तो यात्रा आफ्नो जन्मभूमिलाई नजिकबाट हेर्ने, बुझ्ने र चिन्ने उपाय थियो र थियो व्यावहारिक अध्ययनको एउटा महत्वपूर्णपाटो | सन् १९६३ देखि १९७८ का अवधिमा कहिले सोद्देश्य र कहिले खाँट्टी घुमक्कडिका हिसाबले उडेर, गुडेर र धेरै जसो चाँही हिंडेरै गरिएका यी यात्राहरुबाट उनका चिन्तनधारामा परेका छाप उनका लेखाई, विश्लेषण र उनले कोरेका मुलुकका योजनाहरुमा अभिव्यक्त भएका पाइन्छन | यस पुस्तकमा समेटिएका आलेखहरु सामान्य यात्रा वृतान्त मात्र नभई नेपालको भौतिक भूगोल र सामाजिक सांस्कृतिक परिवेशबारे एक विलक्षण विद्वानका गहन टिप्पणीहरु हुन् |