Magar tut lawajakhat's front cover

Magar tut lawajakhat

मगर टूट लवजखाट
Magar tut lawajakhat's front coverMagar tut lawajakhat's back cover

Paperback

Currently not available.

Request this book

पछिल्लो बाहिरी पृष्ठबाट

नेपालमा बसोबास गर्ने प्रत्येक समुदायलाई कानुन बमोजिम आफ्नो मातृभाषामा शिक्षा पाउने हक संवैधानिक रुपमा सुनिश्चित भइसकेपछि मातृभाषामा शिक्षाले अझ प्राथमिकता पाएको छ । नेपालको तेस्रो ठूलो जातीय समुदायको रुपमा रहेको मगर समुदायको ४१.८५ ले मात्र मातृभाषा बोल्न जान्दछन् । पठनपाठनका लागि तयार पारिएको पाठ्यक्रम र पाठ्यपुस्तकले मातृभाषा बोल्न जान्नेहरूको लागि अध्ययन अध्यापनमा सहजता ल्याएको भएतापनि मातृभाषा बोल्न नजान्नेहरूको लागि सिकाइमा थप समस्या देखिन सक्ने यथार्थता सर्वविदितैछ । उक्त समस्यालाई मध्यनजर राख्दै मातृभाषा संरक्षण र संवर्द्धन गर्ने उद्देश्यका साथै ती दुवै समूहको सिकाइ प्रभावकारी बनाउन सहयोग पुग्ने हेतुले यो पुस्तक तयार पारिएको छ । वि.सं. २०६१ सालमा प्रकाशित भइसकेको मगर ढुट लवजखाट (मगर भाषाको व्याकरण) को परिमार्जित दोस्रो संस्करण स्वरुप प्रकाशित हुन लागेको पुस्तक पढेर सुझाव सल्लाह दिने मौका प्रदान गर्नु भएकोमा लेखकलाई धन्यवाद । व्याकरण निर्माण आफैमा जटिल कार्य हो । जटिल विषयलाई सहजीकरण गर्दै निरन्तर लागि परेर काम गर्ने धैर्यता तथा मेहनतको फलस्वरुप मगर भाषाको व्याकरण तयार भएको छ । यो कृति प्राथमिक तहको पाठ्यक्रमलाई आधार मानेर तयार गरिएको भएतापनि मगर समुदायका विद्यार्थी, अनुसन्धाता लगायत भाषा प्रति चासो राख्ने गैरमगर समुदायका लागि समेत एउटा महत्त्वपूर्ण दस्तावेजको रुपमा रहने छ भन्ने कुरामा म विश्वस्त छु । करिब २५ बर्षदेखि मातृभाषा सेवामा निरन्तर लागि परिरहनुभएका मन बहादुर बगाले मगरज्यूको गौरवशाली यात्राले निरन्तरता पाओस्, शुभकामना !

All Editions

9789937061186
Paperback
ISBN13: 9789937061186
Nepal Magar Sangh

Share Your Thoughts

Your review helps others make informed decisions

Click on a star to start your review