Madhyamik Nepali  Byakaran
Madhyamik Nepali  ByakaranMadhyamik Nepali  Byakaran

Madhyamik Nepali Byakaran

माध्यमिक नेपाली व्याकरण: सिप, अभिव्यक्ति र अभ्यास

Paperback
Rs 500

पछिल्लो बाहिरी पृष्ठबाट

तारकेश्वर गाउँपालिका-१ दाङसिङ, नुवाकोटमा जन्मेर पोखरालाई कर्मथलो बनाउँदै आउनुभएका लेखक गोपाल खनाल विगत डेढ दशकदेखि अध्यापनरत हुनुहुन्छ । शिक्षण, पत्रकारिता र साहित्य लेखनमा सक्रिय खनालका आधारभूत नेपाली व्याकरण, सिप, सिर्जना र अभ्यास (सहलेखन), सम्झनाका लहरहरू (गजल सङ्ग्रह) भाइरस आतङ्क ( कविता सञ्चयन) प्रकाशित छन् भने कविता, गजल, मुक्तक, लघुकथा, गीत सञ्चयनहरू प्रकाशोन्मुख छन् । विभिन्न साहित्यिक विधामा राष्ट्रिय पुरस्कार प्राप्त लेखक त्रिभुवन विश्वविद्यालय अन्तर्गतको पृथ्वीनारायण क्याम्पस पोखराबाट स्नातकोत्तर तह (एम.ए.-२०७२)मा सर्वोत्कृष्ट अङ्क प्राप्त गरी श्रीपति विद्यापदकबाट विभूषित हुनुहुन्छ ।


पुस्तकका विषेशताहरू

-अनुभवी अध्यापकद्वारा लेखन तथा सम्पादन,
परिमार्जित विशिष्टीकरण तालिकानुसार तयार पारिएको,
व्याकरणसँगै आवश्यक सम्पूर्ण व्यवहारिक रचना समेटिएको,
पर्याप्त उदाहरण तथा अभ्याससहित व्यावहारिक ज्ञानमा आधारित,
माध्यमिक तहका विद्यार्थीहरूका साथै लोकसेवा तथा शिक्षक सेवा आयोग
तयारीका लागि समेत उपयोगी
शुद्ध, सरल, सरस भाषा शैलीको प्रयोग
विशिष्टीकरण तालिकासँगै नमुना प्रश्नोत्तर समावेश,
पाठ्यक्रम विकास केन्द्रबाट स्वीकृत पाठ्यक्रममा आधारित थप पाठ्यसामग्री