Ma Kitty Biralo's front cover

Ma Kitty Biralo

म किट्टी बिरालो
Ma Kitty Biralo's front coverMa Kitty Biralo's back cover

Paperback

Rs 450

Delivery in 1-3 days

पछिल्लो बाहिरी पृष्ठबाट

मान्छेको अनुपातमा म कुकुरको पनि त्यत्तिकै सन्मान र माया गर्न सक्छु, किनभने मान्छेप्रति मेरो एक 'डिस- यिलुजनमेन्ट' छ ।

पारिजात

कुकुरलाई यति साह्रो प्रेम गर्थिन् साहित्यकार पारिजात । पारिजातलाई चाहिँ आफूलाई भन्दा बेसी माया र हेरचाह गर्थिन् सुकन्या । सुकन्या पारिजातकी बहिनी मात्रै होइनन्, साहित्यकार पनि हुन् ।

८६ वर्षको उमेरमा पनि सुकन्या साहित्य सिर्जना गर्दैछिन् । र, आफ्नो मायाको संसार फैलाउँदैछिन् । उनै सुकन्याको जनावर-प्रेमको कथा हो : 'म किट्टी बिरालो ।'

कुकुरदेखि बिरालोसम्मलाई भरपूर प्रेम गर्छिन् सुकन्या । उनले बिरालोदेखि कुकुरसम्मका प्रेम, सङ्घर्ष र वियोगको मर्मस्पर्शी कथा लेखेकी छन् । मान्छेले जनावरलाई र जनावरले मान्छेलाई गर्ने माया-ममताको एउटा अनौठो संसार हो- 'म किट्टी बिरालो ।'

जनावरहरू सामाजिक प्राणीहरूलाई के भन्दैछन्, किट्टी बिरालोको मुखबाट सुनौं है ।

 

All Editions

9789937705875
Paperback
ISBN13: 9789937705875
Phoenix Books, 2023

Share Your Thoughts

Your review helps others make informed decisions

Click on a star to start your review

Related Books