Left-Right
Left-RightLeft-Right

Left-Right

लेफ्ट-राइट

Paperback
Rs 1195
Genre:Political & Legal Fiction
Language : Nepali
Published: June 19, 2023
Paperback
Origin:Nepal
ISBN13:9789937775465
ISBN10:9937775469
Pages:670

पुस्तकको बारेमा

गत वर्ष भएको निर्वाचनपछि भएका सत्ता समीकरणका नाटकीय घटनाक्रम र यसका लागि पर्दा पछाडि भएका गोप्य भेट र सम्झौतहरूको पुस्तकले उजागर गरेको छ । पुस्तकमा शक्ति र सत्ताका लागि भएका दाउपेच र धोकै–धोकाका कथाहरू पनि छन् । पद प्राप्तिका लागि प्रमुख दलका शीर्ष नेताहरूले नीति, नियम, नैतिकता, मूल्य–मान्यता, सिद्धान्त, सवाल, व्यवस्था, विधि–विधान, संविधान र प्रावधान सबैको नजरअन्दाज गर्ने गरेका कैयौं उदाहरण र सन्दर्भ पुस्तकमा समेटिएको छ ।

पछिल्लो बाहिरी पृष्ठबाट

लेफ्ट-राइट : सत्ता र शक्तिको 'अ'राजनीति पुस्तकले नैतिक र अनैतिकको लक्ष्मणरेखा मेटिएको राजनीति खोतल्ने प्रयास गरेको छ । जहाँ नीति, नियम, नैतिकता, मूल्य-मान्यता, सिद्धान्त, सवाल, व्यवस्था, विधि-विधान, संविधान, प्रावधान, पद्धति, प्रक्रिया, प्रचलन, आदर्श, मर्यादा, परम्परा, इमानदारिता, पारदर्शिता, औचित्य, विवेक, शिष्टाचार र लाज सरम सबैको नजरअन्दाज छ । शक्ति, सत्ता र पद प्राप्तिका लागि जायज नाजायज सबै कसरत भएका छन् । षड्यन्त्रै-षड्यन्त्र, धोकै धोका, अन्तर- पार्टी संघर्ष र भूराजनीतिक टकराव देखिन्छ । नेताहरूमा धेरै हदसम्म मिडियासँगको डरको पनि अन्त्य छ । पुस्तकमा कहिले दायाँ र कहिले बायाँतिर मोडिने नेपाली राजनीतिक नेतृत्वको दुर्भाग्यपूर्ण कटु सत्य उजागरको प्रयास छ ।

डेढ दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय नेत्र पन्थी हाल नयाँ पत्रिका राष्ट्रिय दैनिकमा राजनीतिक सम्पादक छन् । यसअघि उनका डिभोर्स : प्रचण्ड र बाबुरामको (२०७२), माओवादीभित्र अन्तरसङ्घर्ष (२०६९) र युद्धमा प्रेम र यौन (२०६६) नामक पुस्तक प्रकाशित छन् । यसबाहेक पन्थीले पर्खाइका चार वर्ष (२०६४), सङ्घर्षका तीन दशक (२०६५), जङ्गलमा रेडियो (२०६६) र गुरिल्ला कपल (२०६८) नामक डकुमेन्ट्रीको निर्माण-निर्देशन गरेका छन्