Kutnitima Tin Dasak

Kutnitima Tin Dasak

कुटनीतिमा तीन दशक

Paperback
Rs 499
Genre:Diplomacy
Language: Nepali
Edition:1st
Paperback
Origin:Nepal
ISBN13:9789937037624
ISBN10:993703762X
Pages:404

पछिल्लो बाहिरी पृष्ठबाट

एक अटुट आस्था तथा जोस जाँगर लिई २०३८ सालमा परराष्ट्र मन्त्रालयमा शाखा अधिकृत पदबाट आफ्नो जागिर सुरू।

 ३१ वर्ष कूटनीतिक सेवामा कार्यरत रहंदा ६ महादेशका ७२ मुलुकहरूको भ्रमण । सरकारी कामको सिलसिलामा कठिन कार्यहरूमा पनि संलग्न । चुनौतीलाई सामना गरी कम्मर कसेर आफूमा आएको जिम्मेवारी पूरा । 

टोकियो, वैकक अबुधाबी तथा पेरिसमा कार्यरत रहँदा नेपाली नागरिकहरूलाई कन्सलर सवा प्रभावकारा रूपमा प्रदान गर्न कटिबद्ध । साथै नेपाल तथा अन्य मुलुकहरूबीच रहिआएका सम्बन्धलाई बढावा दिन पनि सक्दो योगदान । नेपाल प्रवर्द्धनको कार्यलाई मुख्य एजेन्डा बनाई आफूले सक्दो कार्य गर्नुपर्दछ भन्नेमा दृढता । 

सन् २०१० देखि २०१४ सम्म फ्रान्सका लागि आवासीय राजदुत तथा ग्रीस, मोनाको, पोचुगल तथा स्पेनका लागि पनि गैरआवासीय राजदूत । युनेस्कोको लागि स्थायी प्रतिनिधी तथा पूर्व शिष्टाचार महापाल । नेपाल तथा फ्रान्सबीचको सम्बन्धलाई उकास्न योगदान । अन्य मुलुकहरूमा पनि जनतासँग साथ रहेर काम गरेकाले नेपालीहरूको माझमा सम्झना। 

राजनीतिशास्त्र तथा अर्थशास्त्रमा स्नातकोत्तर । विदेशी भाषाहरू सिक्न पहिला देखिने रहर अतः नेपाली, नेवारीको अलावा हिन्दी, अंग्रेजी, जापानी, फ्रेन्च तथा स्पेनिस भाषामा पनि दक्षता हासिल । 

सरकारी कामको सिलसिलामा संयुक्त राष्ट्रसंघको ५०, ५१  तथा ६४औं महासभा असंलग्न आन्दोलनको १०, ११ तथा १२औं महासम्मेलन तथा सार्कको १६औं शिखर सम्मेलनमा सहभागी । 

गोरखा दक्षिणबाहु चौथो, निजामती सेवा पुरस्कार तथा शिक्षा सेवा प्रशंसापत्रबाट सम्मानित । राम्रो कामको कदर हुने तथा जनताबाट स्याबासी पाउने कुरामा विष्वस्त । 

स्थापक माण्डर प्रसिडेण्ट, सेन्टर फर डिप्लोमेसी एण्ड डेभेलोपमेण्ट ।