Karnaliko Marma

Karnaliko Marma

कर्णालीको मर्म

Paperback
Rs 475
Genre:Memoirs
Language : Nepali
Paperback
Weight:200 g

पुस्तकको बारेमा

विक्रम सम्वत् २०३५ साउन ६ गते शुक्रबारका दिन बुवा सुन्दर रोकाया र आमा सुन्धरा ऐडीको कोखबाट कर्नाली प्रदेशको हुम्ला जिल्ला, सर्केगाड गाउँपालिका वडा नं. ८ रादेउ गाउँको इल्लामा जन्मनुभएका डा. दीपेन्द्र रोकाया दुई दशकयता मिसन पत्रकारिता, राजनीति, खोज-अनुसन्धान गर्दै आउनुभएको छ । उहाँले कर्नाली प्रदेश योजना आयोगको सदस्य हुँदा कर्नाली प्रदेशको प्रथम पञ्चवर्षीय योजना तर्जुमाको नेतृत्व गर्नुभएको थियो ।

एघार वर्षको उमेरमा मातृवियोगमा परेका रोकायालाई संसार बुझ्ने इच्छाशक्ति जागेकाले •अध्ययनका लागि सानैमा गृहत्याग गर्नुभएको थियो । उहाँको जीवन एक प्रकारले आँधीबेहरीसँग तुलना गर्न मिल्छ । उहाँले लेख्नुभएको ‘नाफाको जिन्दगी’ त्यसैको प्रमाण हो । नेपालमा जनगणतन्त्र स्थापना गर्नुपर्छ भन्ने मान्यताका साथ मिसन पत्रकारिता गर्ने क्रममा निरङ्कुश राज्यसत्ताको जेलमा एक वर्ष बस्नु भयो । दुई महिना बेपत्ता पारिनुका साथै कयौँपटक पक्राउ पर्नुभएको थियो ।
दीपेन्द्र रोकायाले त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा ‘नेपालको राजनीतिक द्वन्द्व व्यवस्थापनमा वैदेशिक सहयोगको प्रभाव’ शीर्षकमा विद्यावारिधि हासिल गर्नुभएको छ । डा. रोकायाले मानवविकास (बालबालिकालाई लगानी, युवालाई रोजगारी र जेष्ठ नागरिकलाई सम्मान र सुरक्षा) मा केन्द्रित भई दिगो विकासमा जोड दिँदै आउनुभएको छ । उहाँले नेपालका ७५ जिल्ला र विदेशको भारत, चीन, पाकिस्तान र उत्तर कोरियाको भ्रमण गर्नुभएको छ ।