Jiwanko Pathshala's front cover

Jiwanko Pathshala Samjhana ra Sambandha

जीवनको पाठशाला: सम्झना र सम्बन्ध
Jiwanko Pathshala's front coverJiwanko Pathshala's back cover

Paperback

Currently not available.

Request this book

पछिल्लो बाहिरी पृष्ठबाट

यो किताब नेपालको राष्ट्रिय राजनीतिमा एउटा ठूलो परिवर्तन ल्याउने कार्यमा उल्लेखनीय योगदान गरेको एक व्यक्तिको कथा हो । यसमा नरहरिजीका । बाल्यकालदेखिका सबै कुरा यथार्थ रुपमा प्रस्तुत छन् । तिनले एउटा विचारशील नेताको बौद्धिक र नैतिक विकास कसरी हुँदोरहेछ भन्ने देखाउँछन् ।। विद्यार्थीकालदेखि प्राध्यापनकाल हुँदै राजनीतिक जीवनकालमा लोकतन्त्रका । मूल्य, मान्यता र प्रक्रियामा सुदृढ हुनगएको विश्वास, विचार र कार्यक्रम ने यस कथाका विविध विषयलाई फूलका थुङ्गा में उनेर यौटै माला बनाउने बलियो धागो बनेको देखिन्छ । यसबाट २०७२ मा बनेको गणतन्त्र नेपालको संविधान ल्याउनमा नरहरिजीको भूमिका वारे पनि धेरै थाहा हुन्छ ।

यसमा नरहरिजीको स्वदेश भ्रमणको वर्णनले निकै ठूलो ठाउँ लिएको छ । त्यस। भ्रमणका चार स्पष्ट उद्देश्य थिए - गणतन्त्र, संघीयता, संविधानसभाको चुनाव र नेपाली कांग्रेसको संगठनात्मक सुधारवारे जनमत तयार गर्ने । त्यस यात्रा। वर्णनले विपी कोइरालाको डायरी (२००८-२०१३) लाई सम्झाउँछ जसमा यस्तै। उद्देश्यपूर्ण स्वदेश तथा विदेश भ्रमणको उल्लेख छ । नरहरिजीले अमेरिका, बेलायत, इटली, जर्मनी, स्वीजरल्यान्ड, पाकिस्तान, भारत, चीनबाट लिएका राजनीतिक पाठहरु संक्षिप्त स्पमा लेखिएका भए पनि धेरै उपयोगी छन् ।।

साथै नरहरिजीले विपी, गणेशमान, किशुनजी, गिरिजाप्रसाद लगायतका नेताहरुका सामर्थ्य र सीमाका वारेमा गरेका टिप्पणीहरु छोटा भए पनि यथार्थ र वस्तुगत छन् । एउटा विशेष कालखण्डमा नेपाली कांग्रेसको उतार चढावका अनेकन प्रक्रियाबाट आफै गुजेको व्यक्तिले लेखेको हुँदा पनि यो किताब समग्रमा नेपाली कांग्रेसको आधुनिक इतिहास जस्तो बन्न पुगेको छ ।।

भयानक मस्तिष्कघातबाट लामो समय बोली गुमेर पुनः फर्किएपछि लेखिएको यस किताबमा विषयहरूको फैलावटलाई सुन्दर दार्शनिक निचोडमा पुयाएर। टुङ्याइएको छ, जुन यसको अर्को विशेषता हो ।

डा. जयराज आचार्य

All Editions

Paperback
Sangri-La Books, 2021

Share Your Thoughts

Your review helps others make informed decisions

Click on a star to start your review