Jeliyeko

Jeliyeko

जेलिएको

Paperback
Rs 395
Genre:Novels
Language: Nepali
Published:2019
Edition:1st
Paperback
Origin:Nepal
ISBN13:9789937332156
ISBN10:993733215X
Pages:236
Weight:200 g

पुस्तकको बारेमा

“जेलिएको” आख्यान पुरुषमा उपमा प्राप्त लेखक ध्रुवचन्द्र गौतमको उन्नाइसौँ उपन्यास हो । यस उपन्यासमा कल्पना र यथार्थको नौलो प्रयोग गरिएको छ । स्वैरकल्पनालाई आख्यानको रुप दिएको भए पनि यो यथार्थको धेरै नजिक रहेको उपन्यास बन्न पुगेको छ ।
“जेलिएको शीर्षकभित्र केही अपरम्परित तथ्य जेलिएका छन् ।” उपन्यासको भूमिकामा प्राडा. गोविन्दराज भट्टराई लेख्छन्, “एक वस्तु वा घटनाको स्वरुप अर्कोसित नछुट्टिने गरी मिलित भएपछि यो जेलिन्छ । यो उपन्यासमा त्यसैगरी लेखन प्रक्रियाहरु जेलिएका छन् ।”
यो दुई जना मिलेर लेखिएको उपन्यास हो – ध्रुवचन्द्र गौतम र राम उपाध्याय । उसो त ध्रुव सापकोटासँग मिलेर गौतमले “ज्यागा”मा पनि सह–लेखन गरेका थिए । तर “जेलिएको”को सहलेखक राम उपाध्याय कुनै भौतिक लेखक नभएर उपन्यासकै एक पात्र हुन् । इमिलपुरा गाउँमा जन्मिएका उपाध्यायको बाल्यकालको कठोर र पीडादायक अनुभूतिलाई उपन्यासमा संस्मरणात्मक रुपमा प्रस्तुत गरिएको छ । त्यसैका आधारमा गौतमले आफ्नै पात्रसँग सह–लेखन गरेका हुन सक्छन् ।