Jayvardan Salahesh
Jayvardan SalaheshJayvardan Salahesh

Jayvardan Salahesh

जयवर्धन सलहेश

Paperback
Rs 382Rs 425
Genre:Fiction
Language: Nepali
Published:2019
Edition:1st
Paperback
Origin:Nepal
ISBN13:9789937708036
ISBN10:9937708036

पछिल्लो बाहिरी पृष्ठबाट

मिथिला क्षेत्रको पौराणिक लोकगाथामा आधारित यो उपन्यासको आफ्नै मौलिकता छ । यसमा पौराणिक कथावस्तुलाई आधुनिक ढङ्गले प्रस्तुत गरिएको छ । म निर्भिक भएर भन्दै छु कि मिथिला विभूति सलहेशमा मैले उपन्यास मात्र पाइनँ, मिथिला क्षेत्रको संस्कार र संस्कृतिको जिवन्त अभिव्यक्ति पाएँ । यसका लागि यस उपन्यासको लेखकको जति प्रशंसा गरे पनि थोरै हुन्छ । | - चन्द्रेश्वरप्रसाद यादव, सह-प्राध्यापक

सिरहामा जन्मिएकी मुना चौधरी पेशाले अध्यापक हुन् । इतर मातृभाषा र समुदायबाट आएर पनि नेपाली भाषामा उपन्यास लेख्ने उनी सफल महिला आख्यानकार हुन् । जयवर्धन सलहेश उनको पहिलो किताब हो | यसमा पौराणिक-ऐतिहासिक मिथिला क्षेत्रका सांस्कृतिक, सामाजिक र राजनीतिक अवस्थाको झलक पाइन्छ ।

मधेसी दलित महिलाको जीवनलाई केन्द्रमा राखेर लेखिएको उनको दोस्रो उपन्यास दुलारी प्रकाशित छ ।