Delivery in 1-3 days
मिथिला क्षेत्रको पौराणिक लोकगाथामा आधारित यो उपन्यासको आफ्नै मौलिकता छ । यसमा पौराणिक कथावस्तुलाई आधुनिक ढङ्गले प्रस्तुत गरिएको छ । म निर्भिक भएर भन्दै छु कि मिथिला विभूति सलहेशमा मैले उपन्यास मात्र पाइनँ, मिथिला क्षेत्रको संस्कार र संस्कृतिको जिवन्त अभिव्यक्ति पाएँ । यसका लागि यस उपन्यासको लेखकको जति प्रशंसा गरे पनि थोरै हुन्छ । | - चन्द्रेश्वरप्रसाद यादव, सह-प्राध्यापक
सिरहामा जन्मिएकी मुना चौधरी पेशाले अध्यापक हुन् । इतर मातृभाषा र समुदायबाट आएर पनि नेपाली भाषामा उपन्यास लेख्ने उनी सफल महिला आख्यानकार हुन् । जयवर्धन सलहेश उनको पहिलो किताब हो | यसमा पौराणिक-ऐतिहासिक मिथिला क्षेत्रका सांस्कृतिक, सामाजिक र राजनीतिक अवस्थाको झलक पाइन्छ ।
मधेसी दलित महिलाको जीवनलाई केन्द्रमा राखेर लेखिएको उनको दोस्रो उपन्यास दुलारी प्रकाशित छ ।
Your review helps others make informed decisions
Click on a star to start your review