Gyanko Chamatkar
Gyanko ChamatkarGyanko Chamatkar

Gyanko Chamatkar

ज्ञानको चमत्कार: प्रा. श्रीशिवगोपाल रिसालज्यूसँगको जीवनपयोगी अन्तर्वार्ता

Paperback
Rs 250
Genre:Contemporary Fiction
Language: Nepali
Paperback
Origin:Nigeria
ISBN13:9789789937233
ISBN10:9789937237

पछिल्लो बाहिरी पृष्ठबाट

"यो ज्ञानको चमत्कार अन्तर्वार्ता विज्ञ जिज्ञासु पाठकवृन्दका लागि पठनीय, मननीय छ तथा निदिध्यासनका सामग्री पर्याप्त मात्रामा छन । सुक्ष्मेक्षिकाले गोडिमेली गरेर हेर्दा नपाइने कुनै पदार्थ छैन । मात्र हतसम्पतिमा समादिष्टक सम्पत्तिका साधना र लगनशीलताको आवश्यकता भने अवश्य चाहिन्छ र हुनै पर्छ । असल भए अवश्य सफलता मिल्नेछ, यो कटु सत्य हो ।"

- डा. स्वामी प्रपन्नाचार्य

"ज्ञानको चमत्कारले पढने पाठक जो कोहीको जीवनलाई रुपान्तरित हन अवसर प्रदान गर्नेछ भन्ने लागेको छ । यस पुस्तकले जिज्ञासु। पाठकहरुमध्ये कसैको जीवनलाई अशान्तिबाट शान्तिमा, हिंसाबाट अहिंसामा, अनुशासनहीनताबाट अनुशासनमा, मांसाहारीबाट शाकाहारीमा, भोगविलासपूर्ण जीवनबाट सादा जीवन उच्च विचारमा लाग्न प्रेरणा दिए पनि ठूलै उपलब्धि सम्झने थिए ।"

-डा. गोविन्द टण्डन

"यो अमृतफलमा कुनै बोक्रा, बियाँ मिल्काउनु पर्ने देखिदैन, मेटिदैन र बुझेर पढेमा यसको स्वाद मनमस्तिष्कबाट मेटिदैन पनि तर पढदैजाँदा टर्रो नभए तापनि अमिलो-पिरोको स्वाद पाउँदा वाह वाह चाहि मनबाट प्रस्फुटित हुन्छ नै ।"

- केशव रेग्मी, सीताराम खत्री, रविप्रसाद पराजुली