Greenwich ko Saanjh
Greenwich ko SaanjhGreenwich ko Saanjh

Greenwich ko Saanjh

ग्रीनविचको साँझ

Paperback
Rs 180Rs 200
Genre:Poetry
Language: Nepali
Paperback
Origin:Nepal
ISBN13:9789937048521
ISBN10:9937048524

पछिल्लो बाहिरी पृष्ठबाट

नियात्राको नाममा विवरण धेरैले लेख्छन् तर यात्रालाई अनुभूतिमा ढालेर पाठकको मनभित्र पस्न सक्न त्यति सजिलो छैन । यस मामलामा छविरमण सिलवाल सफल छन् । नभने जस्तो गरेर भन्न सक्ने र नहिँडाएजस्तो गरेर पाठकलाई अनुभूतिको यात्रा गराउन सक्ने सामर्थ्य 'ग्रीनविचको साँझ'मा रहेको छ । कविको रूपमा चिनिएका सिलवाल नियात्राकार बढी भएजस्तो लाग्न थालेको छ । उनको नियात्रा लेखन कवितात्मक र कलात्मक छ । आफूले यात्रा गरेका ठाउँलाई चित्रात्मक रूपमा प्रस्तुत गर्न सक्ने नियात्राकार सिलवालको सीप पुस्तकमा प्रमाणित भएको छ ।

श्रीओम श्रेष्ठ 'रोदन प्रधान सम्पादक, गोरखापत्र दैनिक

छविरमण सिलवालको कवि मन 'ग्रीनविचको साँझ'मा पोखिएर नेपाली नियात्राकाश झलमल भएको छ । समीक्षक सिलवालले आफ्ना तटस्थ नयनले देखेको बेलायतलाई इमानदारितासाथ शब्दका सप्तरङगी रङ्गहरूमार्फत 'ग्रीनविचको साँझमा सिँगारेका छन् । कवि तथा समीक्षक मनका संयुक्त अभिव्यक्तिबाट सिर्जित यी नियात्राहरू पढिरहँदा अनुभूति र दृश्यको कलात्मक प्रस्तुतिको कारण पाठकलाई पछिसम्म आकर्षण गरिरहन्छ । नियात्राका सुरूचिपूर्ण भाषा, बेलाबेलामा भेटिने शैल्पिक चमत्कार, रोचक प्रसङ्ग र महत्त्वपूर्ण सूचनाका कारण 'ग्रीनविचको साँझ पठनीय र सङ्ग्रहणीय कृतिको रूपमा आएको छ ।

कृष्ण बजगाईं अध्यक्ष, समकालीन साहित्य प्रतिष्ठान, बेलायत