Gorkhadekhi Narayanhitisamma Raja Birendra
Gorkhadekhi Narayanhitisamma Raja BirendraGorkhadekhi Narayanhitisamma Raja Birendra

Gorkhadekhi Narayanhitisamma Raja Birendra

गोरखादेखि नारायणहिटीसम्म राजा वीरेन्द्र: (शाहवंशीय राजाहरूको इतिहास, जीवनी र योगदान)

Paperback
Rs 1195
Genre:Biography
Language : Nepali
Paperback
Weight:700 g

पुस्तकको बारेमा

लेखक:

  • प्रा. डा. दिलबहादुर क्षत्री
  • डा. जगदीशचन्द्र रेग्मी
  • ज्ञानमणि नेपाल
  • प्रकाशचन्द्र कार्की

 



 

पछिल्लो बाहिरी पृष्ठबाट

एकताको प्रतीकका रूपमा राजा वीरेन्द्र

राजा वीरेन्द्र एक विशारद तथा बहुआयामिक व्यक्तित्व, कुशल शासक, दूरदर्शी राजनेता एवम् एक सच्चा प्रजातन्त्रवादी र राष्ट्रवादी राजा थिए । मौसुफ सरकारको शासनकाल मुलुकको चौतर्फी विकास तथा अन्तर्राष्ट्रिय क्षेत्रमा समेत झनै व्यापकरूपमा आफ्नो पहिचान कायम गर्न सफल रह्नयो ।

समग्रमा राजा वीरेन्द्रको सफल नेतृत्व यस मुलुकको अस्मिता र भविष्य उज्ज्वलका लागि एक ओजस्वी मार्गनिर्देश बन्न पुग्यो । विशारद व्यक्तित्व र प्रखर राष्ट्रवादी सोचाइ, चिन्तन र त्यसलाई जनचाहना एवम् मुलुकको भविष्यलाई राम्रो मनन गर्दै व्यवहारमा उतारे उनले । उनी आफ्नो जीवनपर्यन्त जनताको हित, उन्नति र राष्ट्रिय अखण्डता र अस्मिता रक्षा खाँतिर समर्पित रहेर एक असल प्रजातन्त्रवादी राजा र कुशल शासकको राम्रो परिचय दिए । तर दलगतभन्दा पनि निहित व्यक्तिगत पदलोलुप दलका नेताहरू, बुद्धिजीवी भनाउँदाहरूसमेतले राजा वीरेन्द्रप्रति पनि नकारात्मक प्रलाप नगरेका हैनन् । राजा वीरेन्द्रको अवशानपछि भने उनीहरूसमेत उनको यथार्थ मूल्याङ्न गर्दैछन् ।

विखण्डित मुलुकलाई पुनः एकीकृत गरी शाहवंशीय राजाहरूले आफूहरूलाई राष्ट्रिय अखण्डताको संरक्षक र एकताका प्रतीकका रूपमा उभ्याई मुलुकलाई सबल नेतृत्व प्रदान गर्दै आएको प्रसङ्ग पनि ऐना जस्तै छर्लङ्ग छ । आफ्ना पूर्वजहरूले स्थापित गरेको मूल्य र मान्यतालाई हृदयदेखि नै आत्मसात् मात्र नगरी त्यसलाई मूलमन्त्रका रूपमा व्यवहारमा कनै खरो रूपमा राजा श्री ५ वीरेन्द्रले उतारे ।