GaurikaKo Sahashik Yatra

GaurikaKo Sahashik Yatra

गौरिकाको साहसिक यात्रा

Translated by Dr. Bimal Subedi, Edited by Ram Prasad Gyawali
Paperback
Rs 210
Genre:Picturebook for Children
Language : Nepali
Published: July 01, 2023
Edition:1st
Paperback
Pages:71

पुस्तकको बारेमा

गौरिका बुबाआमासँग बोल्न चाहन्छिन्, दाजुसँग खेल्न र रमाउन चाहन्छिन् तर मोबाइलमा अभ्यस्त दाजु, ल्यापटपमै झुन्डिइरहने आमा अनि सधैं टीभी हेरिरहने बुबासँग उनी दिक्क बन्छिन् । यस्तो अवस्था बदल्न उनी योजनामा लाग्छिन् । किताब पढाउने, संवाद गर्ने, रमाउने समय निकाल्न अनेक प्रयास गर्छिन् । यो प्रयासमा उनी कति सफल होलिन् ? के परिवारका अन्य सदस्यले गौरिकाको योजनामा समर्थन गर्लान् ? प्रविधिको लत छुटाउन उनी सफल होलिन् ? अनि फेरि यो परिवार पहिलेजस्तै रमाइलो बन्ला ? पुस्तकले प्रविधिलाई कुन हदसम्म प्रयोग गर्ने, समयको व्यस्थापन कसरी मिलाउने, परिवारलाई कतिबेला समय दिने जस्ता महत्वपूर्ण कुराको उठान गरेको छ । बालबालिका मात्रै होइन यो पुस्तक अभिभावकहरूका लागि पनि उत्तिकै महत्वपूर्ण छ ।