Garvako Garba

Garvako Garba

गर्भको गर्व

Paperback
Rs 250
Genre:Non-fiction
Language : Nepali
Paperback
Weight:100 g

पुस्तकको बारेमा

प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. बालकृष्ण साह मोरङ सहकारी अस्पताल, विराटनगरमा कार्यरत छन् ।
वि.स. २०३६ साल वैशाख १४ गते डुम्राहा, सुनसरीमा जन्मिएका साहले चिकित्साशास्त्रअन्तर्गत एमबिबिएस तथा डिजियो र जनस्वास्थ्यमा एमपिएच गरेका छन् ।

डा. साहले एक दशक भन्दा बढी समयदेखि नियमित रूपमा स्वास्थ्यसम्बन्धी लेखहरू लेखन तथा प्रकाशन गर्दै आएका छन्।

कान्तिपुर पब्लिकेसनको साप्ताहिकामा १० वर्षभन्दा बढी समय महिला स्वास्थ्यसम्बन्धी स्तम्भ लेखेका उनले द काठमाडौं पोस्ट, अन्नपूर्ण पोस्ट, नारी मासिक, अनलाइनखबरलगायत पत्रपत्रिकामा स्वास्थ्य र समसामयिक लेखहरूका अतिरिक्त आख्यानसमेत लेख्दै आएका छन् ।

सिर्जनात्मक गैरआख्यान विधाको यस कृतिअघि पनि उनको सुरक्षित मातृत्वसम्बन्धी ‘आमा’ प्रकाशित छ । उनले जनस्वास्थ्य, नर्सिङ तथा पारामेडिक्समा स्नातक तहका लागि ‘प्याथोलजी एन्ड फर्स्ट एड’ नामक पाठ्यपुस्तकसमेत लेखन गरेका छन् ।