Ganatantrako Sangharsha

Ganatantrako Sangharsha

Nepalko Samakalin Itihas

गण्तन्त्रका सङ्घर्ष: नेपालको समकालीन इतिहास

Paperback
Rs 382Rs 425
Genre:Non-fiction
Language: Nepali
Paperback
Origin:Nepal
ISBN13:9789937665001
ISBN10:9937665000
Pages:388

पुस्तकको बारेमा

यो क्रमिक क्रान्तिको राजनीति उजागर गर्ने कथा हो । मूलधार बदल्ने सपना लिएर आएका विद्रोहीलाई बरू मूलधारले नै बदलेर आफ्नो गर्भमा कसरी खिच्यो, त्यसको फेहरिस्त हो यो किताब । यो अर्धसार्वभौम देशका राजनीतिक नायकहरुको कथा हो जो जटिल अन्तर्राष्ट्रिय परिस्थितिबीच क्षेत्रीय शक्तिहरुसँगको रस्साकस्सीमा तल्लीन रहन्छन् । यो ती सीमान्तकृत नागरिकहरुको कथा हो जो नागरिकता र राष्ट्रियताको पुरानो परिभाषालाई चुनौती दिदै समावेशीता, आत्मसम्मान, र शक्तिका लागि सङ्घर्ष गरिरहेका छन् ।

प्रशान्त झा हिन्दुस्तान टाइम्सका सहायक सम्पादक हुन् । नेपालको राजनीतिक परिवर्तनलाई नजिकबाट नियालेका उनले नेपाली दैनिक पत्रिकाहरुमा स्तम्भ लेखेका छन् । उनले द हिन्दुका लागि नेपाल संवाददाता र हिमाल साउथएसियनका लागि कन्ट्रिब्युटिङ एडिटरका रुपमा काम गरिसकेका छन् । सन् १९८४ मा जन्मेका उनी अहिले दिल्लीमा कार्यरत छन् । यो उनको पहिलो पुस्तक हो ।