Engineering Shiksha ka Engineer's front cover
Engineering Shiksha ka Engineer's front coverEngineering Shiksha ka Engineer's back cover

Engineering Shiksha ka Engineer

इन्जिनियरिङ शिक्षाका इन्जिनियर
Paperback
Rs 400
Genre:Test Preparation
Language: Nepali
Paperback
Origin:Nepal
ISBN13:9789937068024
ISBN10:9937068029
Published: November 2019
Edition:1

पछिल्लो बाहिरी पृष्ठबाट

डा. भोला थापा काठमाडौं विश्वविद्यालयको मेकानिकल इन्जिनियरिङ विभागका प्रोफेसर हुनुहुन्छ । लेक्चरबार अध्यापन सुरु गर्नुभएका उहाँले असिस्टेन्ट प्रोफेसर र असोसिएट प्रोफेसर हुँदै प्राज्ञिक क्षेत्रको लामो यात्रा गर्नुभएको छ । विभागीय प्रमुख, डिन, रजिस्ट्रार र कार्यवाहक उपकुलपति पनि हुनुभएका उहाँसँग शैक्षिक प्रशासनको समेत लामो अनुभव छ । उहाँले सन् २००४ मा नर्वीजयन युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजी बार मेकानिकल इन्जिनियरिङ विषयमा विद्यावारिधि गर्नुभएको छ । त्यसअघि उहाँले भारत पिलानीको बिरला इन्स्टिच्युट अफ साइन्स एन्ड टेक्नोलोजी' बाट मेकानिकल इन्जिनियरिङ विषयमा मास्टर्स र चण्डिगढको पन्जाब इन्जिनियरिङ कलेज' बाट मेकानिकल इन्जिनियरिङ विषयमा बीई अध्ययन गर्नुभएको थियो । नेपालको स्थानीय समुदायका लागि व्यावसायिक अनुसन्धान गरेर ज्ञानको विकास र विस्तार गर्नमा उहाँको अग्रणी भूमिका रहेको छ।

डा. भोला थापाले सन् १९९४ मा काठमाडौं विश्वविद्यालयमा सेवा सुरु गर्नुभएको थियो । त्यही वर्षदेखि काठमाडौं विश्वविद्यालयले औपचारिक रूपमा इन्जिनियरिङ शिक्षा सुरु गरेको थियो । उहाँले हाइड्रो टाइन विषयमा काठमाडौं विश्वविद्यालयबाट वैज्ञानिक अनुसन्धान सुरु गर्नुभएको छ। भेटेरियल इरोजन अफ टर्बाइन कम्पोनेन्ट्स इन सेडिमेन्ट लेडन रिभर' विषयको वैज्ञानिक अध्ययनमा पनि उहाँको प्रमुख योगदान रहेको छ। 'अत्यधिक बालुवा भएको पानीका लागि रबर्बाइन डिजाइन' विषयमा प्राविधिक शिक्षाको विकास र हाइड्रोपावर उद्योगहरूलाई व्यावसायिक सेवा प्रदान गर्ने लक्ष्य राखेर काठमाडौं विश्वविद्यालयमा हाइड्रो रबाइनको अत्याधुनिक अनुसन्धान र परीक्षणका सुविधाहरू स्थापना गरी शैक्षिक र औद्योगिक अनुसन्धान कार्यहरू सुरु गर्न उहाँ सफल नभएको छ । उहाँले नवीकरणीय ऊर्जा अनुसन्धान कार्यक्रमहरूको व्यवस्थापन र समन्वय पनि गर्नुभएको छ।