Ekadeshka Badar
Ekadeshka BadarEkadeshka Badar

Ekadeshka Badar

एकादेशका बाँदर

Paperback
Rs 450
Genre:Fiction
Language : Nepali
Paperback
Dimensions:5.5 x 8.3 x 0.5 inches
Weight:0.1 g

पुस्तकको बारेमा

बाँदरहरूलाई सिर्जना गर्ने चाहना पटक्कै छैन, पारख पनि छैन । उनीहरूको जीवनचर्या नियमित छ । राति रुखका टुप्पामा गएर बस्छन् । बिहान रुखहरुका हाँगमा चाहार्दै भेटेका खानेकुरा खान्छन, अनि घाम लागेपछि रुखबाट ओर्लिएर जमिनमा खर्किन्छन् । बाँदरको एउटै विधान छ ताकत । 'जोसँग ताकत छ, उसले जे गरे पनि हुन्छ । तर कमजोरको पनि हतियार भने हुन्छ । नाइकेलाई खुसी पार्न केही गाहो छैन । जब नाइके घाम ताप्न पल्टिन्छ, उसको शरीरका किर्ना र उपिया टिप्दै खाइदिए, नाइके मख्ख पर्छ । अगाडि आएर प्याक, प्याक, प्याक गर्दिएपछि खुसी हुन्छ । जब नाइके अण्डकोष दायाँबायाँ हल्लाउँदै हिँड्छ, कमजोरले बुर्कुसी मार्दै पछि हिँडे पुग्छ । अर्थात्, जसरी नाइके ताकतको प्रदर्शन आजमाइस प्रदर्शन गर्दै मालिक बन्छ, उसका पिछुवा नक्कली, नाटकी समर्पणद्वारा सेवक हुन्छन् । ताकत बलियो र समर्पण दुब्लाका सुरक्षा कबज हुँदो रहेछन् बाँदरका जमातमा ।

 

 

 

 

RELATED BOOKS