Ek Patakko Sainik Jeevanbharko Sainik
Ek Patakko Sainik Jeevanbharko SainikEk Patakko Sainik Jeevanbharko Sainik

Ek Patakko Sainik Jeevanbharko Sainik

Karnel Chhatra Bahadur Thapa

एक पटकको सैनिक जीवनभरको सैनिक: कर्णेल छत्रबहादुर थापा

Paperback
Rs 315Rs 350
Genre:Memoirs
Language: Nepali
Published:August 12, 2021
Edition:1st
Paperback
Origin:Nepal
ISBN13:9789937734783
ISBN10:9937734789

पछिल्लो बाहिरी पृष्ठबाट

कमल थापा वर्तमान नेपाली राजनीतिका वैकल्पिक वैचारिक धारका प्रतिनिधि पात्र हुन् । पञ्चायत कालमा राजनीति सुरु गरेका थापा हाल राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष छन् । नेपाल सरकारको उपप्रधानमन्त्री रहिसकेका थापाले गह, परराष्ट्र, सङ्घीय मामिला तथा स्थानीय विकास, स्वास्थ्य, ऊर्जा, सूचना र सञ्चार लगायत विभिन्न मन्त्रालयको जिम्मेवारी वहन गरिसकेका छन् । सिद्धान्तप्रतिको अविचलित निष्ठा, अनुशासन र कठोर परिश्रम थापाका पहिचान हुन् ।

आफ्नो जीवनयात्राको आदर्श र प्रेरणादायी व्यक्तित्व बुबा कर्णेल छत्रबहादुर थापासम्बन्धी कमल थापाको यो संस्मरणमा तत्कालीन नेपालको सामाजिक, सांस्कृतिक र राजनीतिक परिवेशको चित्रण छ | कर्णेल थापाको विश्वयुद्धमा सहभागिता, राणा प्रधानमन्त्री मोहनशमशेर र राजा महेन्द्रसँगको सामीप्य तथा पञ्चायत कालका अनुभवहरू पुस्तकमा समेटिएका छन् । रोचक र मार्मिक पारिवारिक प्रसङ्गहरूले पुस्तकलाई पठनीय बनाएको छ । समग्रमा एक सैनिकको सङ्घर्षपूर्ण आरोह-अवरोहको कथा हो यो पुस्तक ।