E-book

Rs 200

Paperback

Rs 395

Delivery in 1-3 days

पुस्तकको बारेमा

लेखक मुना चौधरीले उपन्यासमा दुलारीको कथाबाट आम मधेसी दलितको अवस्था, गाँस, बास र कपासका लागि सङ्घर्ष, राजनीतिक आन्दोलनले गरेको उपयोग र अन्तहीन सपनाको आयतन मिहीन ढङ्गले लेखेकी छन् ।

पछिल्लो बाहिरी पृष्ठबाट

भुइँमान्छेको कथा हो, दुलारी । मधेसी दलित महिलाको जीवनलाई केन्द्रमा राखेर लेखिएको यो सम्भवतः नेपाली साहित्यकै पहिलो उपन्यास हो । लेखक मुना चौधरीले उपन्यासमा दुलारीको कथाबाट आम मधेसी दलितको अवस्था, गाँस, बास र कपासका लागि सङ्घर्ष, राजनीतिक आन्दोलनले गरेको उपयोग र अन्तहीन सपनाको आयतन मिहीन ढङ्गले लेखेकी छन् । दुलारीले पाँधको कथा सँगसँगै मुसहर लोकसंस्कृति पनि उजागर गरेको छ।

यसअघि लेखकको पौराणिक-ऐतिहासिक तथा मिथिला क्षेत्रका सांस्कृतिक, सामाजिक र राजनीतिक अवस्थाको झलक दिने जयवर्धन सलहेश उपन्यास प्रकाशित छ।

सिरहामा जन्मिएकी मुना चौधरी पेशाले अध्यापक हुन् । इतर मातृभाषा र समुदायबाट आएर पनि नेपाली भाषामा उपन्यास लेख्ने उनी सफल महिला आख्यानकार हुन् ।
 

All Editions

Paperback, 1st Edition
Sangri-La Books, 2019

Share Your Thoughts

Your review helps others make informed decisions

Click on a star to start your review