Dharso

Dharso

धर्सो

E-book
Rs 225
Paperback
Rs 292Rs 325
Genre:Historical Fiction
Language: Nepali
Paperback
Origin:Nepal
ISBN13:9789937629928
ISBN10:9937629926

पछिल्लो बाहिरी पृष्ठबाट

काठमाडौँको बसाइपछि जातीय अपमानको तिक्तताबोध अझ झाँगिन लाग्यो । तराईवासीको सङ्ख्या सानो भने होइन, काठमाडौँमा । ज्यामी, कुल्ली, डकर्मी, सिकर्मी, तरकारी व्यापारी, शिक्षक, डाक्टर, इन्जिनियर, सरकारी कर्मचारी, उद्योगपति, फूला व्यापारी... हरेक क्षेत्र र पेसामा तराई मूलका मान्छे अनगिन्ती थिए । तर सम्मान, इज्जत र सद्‌व्यवहार पटक्कै थिएन ।

भरी गाग्रो बोकेका ढिला पाइलाहरू लस्याकलस्याक गर्दै एकै छिनमा बिलाउँछन् । म भने त्यहीँ अडिन्छु, खम्बाजस्तै भएर | पर कतातिर हो धिमे बजेको आवाज कानमा आएर ठो क्किएजस्तो लाग्छ । आज कुनै टोलमा जात्रा पो छ कि क्या हो ! यो एउटा साङ्गीतिक नगर हो । अनि जात्राहरूको सहर पनि । यहाँ जात्राहरू लाम लागेर बसेका हुन्छन्, पालो पर्खेर ।