Devkotaka Mahakabya

Devkotaka Mahakabya

देवकोटाका महाकाव्य

Paperback
Rs 2200
Genre:Poetry
Language : Nepali
Paperback
Weight:1.1 g

पुस्तकको बारेमा

आफैँलाई चिनाउने, रस दिने, प्राचीन सम्झाउने । मीठा व्यञ्जन ल्याउने, धन हुने, संसार ब्यूँझाउने || चिन्ता दूर भगाउने, समय नै स्वर्णाभ फर्काउने । ज्ञानीले पनि गाउने प्रियकथा आनन्द वर्षाउने ||
-शाकुन्तल

जहाँ साँझ उषा धेरै बेरसम्मन् बसीकन । हिउँका टाकुराबाट सुनौला विश्व हेर्दछन् | बाटुला तीन घेरामा खात खात झिलीमिली । पाटा पाटा झझल्केका धधप्केका बली सुन ॥
-सुलोचना

सानो बाद-खण्ड झैं गगनमा यो जिन्दगी बन्दछ कालो एक कलङ्क बन्छ जसले पानी दिनै बन्द छ । जो कर्तव्य छ वर्षिनै जलदको सो बर्षिदा बन्दछ मिथ्यातर्फ नगर्जिने न बिजुली बल्ने सधैँ अन्ध छ ।
-महाराणा प्रताप

यो मनुष्य जुनि सुन्दर सार पाइने छ र कहाँ पछि क्यार ? जो न जान्दछ विलास स्वकीय
जन्तु हो जगत्‌मा रमणीय ॥
-वनकुसुम

एक महापुरूष त्यस्तो हो एउटा मानवताको प्रतिमा ।
एउटा मानव इतिहास ।
ऊ पनि एक ब्रहृमा हो प्रतीचीको ।
एक महापुरूष, एक मानवदास ।
आकृतिहरू तरल हुन्छन्,
मृत्युको डरले कुसुम रून्छन्,
गरूँलालाई निराशले छुन्छन्,
गुँडका माउ उडेर बन्छन्, एकला बचेरा ।
-प्रमिथस