Deudutta Ra Rani Mukharjeeharu's front cover

Deudutta Ra Rani Mukharjeeharu

देउदत्त र रानी मुखर्जीहरू
Paperback
Rs 400

पुस्तकको बारेमा

प्रगतिवादी सर्जक भएको दायित्वलाई पूरा गर्न कथाकार विवश वस्तीले आफूभित्रको राजनीतिक चेतनालाई आख्यान कलाको माध्यमबाट यो कथासंग्रहमा व्यक्त गरेका छन्। यस क्रममा उनले देशमा समय-समयमा आएका विभिन्न राजनीतिक आन्दोलन र परिवर्तन, चुनावी गतिविधिभित्रका राजनीतिक र गैरराजनीतिक मूल्य एवं विकृतिहरू, नेतृत्व वर्ग र जनताहरूबीच बढ्दो अन्तराल, बन्दहडताल, वैचारिक द्वन्द्वको पराकाष्ठा, राजनीतिकर्मीहरूका नाटकीय क्रियाकलापहरू, राजनीतिक छलकपट, पार्टीले बदमासी गर्नेहरूलाई दिने गरेको संरक्षण जस्ता प्रसङ्गहरू दिएर उनले देशको समसामयिक राजनीतिक परिवेशप्रति आफ्नो विमति, आक्रोश र असन्तुष्टि जाहेर गरेका छन्।