Dekheko Desh's front cover

Dekheko Desh

देखेको देश

Hardcover

Rs 280 400

Delivery in 1-3 days

Genre:Travelogue
Language: Nepali

पुस्तकको बारेमा

हाम्रो भूगोल, इतिहास, समाज, संस्कृति, शासन पद्धति र सञ्चारजस्ता विविध विषयमा द्रष्टा र स्रष्टा भई मोहन मैनालीले यस पुस्तकमा कलम चलाएका छन् । विषयको आयामिक आयतन, भाषिक सघनता एवम् सरलता र शैलीगत विशिष्टता नै देखेको देशका विशेषता हुन् ।

आफ्नो समाज र भूगोलका बारेका बुझ्नुपर्ने हुन्छ र नबुझ्दा के कस्तो हानि हुन्छ भन्ने कुराको अनुभव पुस्तकमा रहेको छ । हाम्रो समाजमा चलिरहेको सामाजिक मान्यता, राजनीतिक व्यवस्था, आर्थिक जटिलताका कारण नेपालीलाई के कस्तो असर गरिरहेको छ भन्ने कुराको विविध पक्षको व्याख्या गरिएको छ पुस्तकमा ।

पुस्तकले समग्र सामाजिक परिवेश, शैक्षिक अवस्था, विदेशमा भासिएकाको कथाहरु पनि उठान गरेको छ । तेह्रथुममा जन्मिएका मैनालीले पत्रकारीता गर्दा घुम्ने क्रममा देखेका र भोगेका कुरालाई लिपीबद्ध रुपमा  पुस्तकमा प्रस्तुत गर्नुभएको छ । पहाड चिरेर बनाइएका बाटोले पारेको वातावरणीय प्रभाव तथा समसामयिक विषयवस्तुलाई पुस्तकमा रोचक रुपमा उठान गरिएको छ । 

उनका उपल्लो थलो र मान्ठा डराएको जुग नियात्रा प्रकाशित छन् ।

All editions
9789937921725
Hardcover, 1st Edition
ISBN13: 9789937921725
Book Hill, 2018