जब मनोविज्ञान दर्शनसँग मिसिन्छ, यथार्थ कल्पनाभन्दा अनौठो र स्वैरकल्पना यथार्थभन्दा नजिक लाग्न थाल्छ; त्यही विन्दुमा 'दरिद्रघाट' पुस्तकमात्र रहँदैन; एउटा अनुभव बन्न पुग्छ ।
'दरिद्रघाट'का कथाहरू परम्परागत घटना- प्रधान कथा होइनन् । यिनले घटनासँगै मनोभूमिमा, पात्रसँगै प्रतीकमा र निष्कर्षभन्दा अनुभूतिमा विश्वास गर्छन् । यथार्थबाट शुरु हुने यी कथाहरू मनोविज्ञान, दर्शन, मिथक र स्वैरकल्पनाका तह हुँदै आफ्नै संसार निर्माण गर्छन् । अन्ततः मानिसको मनोविज्ञानका अँध्यारा तहहरू अनावृत हुन थाल्छन् ।
'दरिद्रघाट'ले उत्तर दिँदैन । यसले पाठकलाई आफ्नै प्रश्नहरूसँग छोडिदिन्छ।पुस्तक बन्द गरेपछि पनि कथाहरू सकिएनन् भने सम्झनुहोस्– तपाईंले ‘दरिद्रघाट’ पढ्नुभएको छैन; दरिद्रघाट' ले तपाईंलाई पढ्न शुरू गरिसकेको छ।
Your review helps others make informed decisions
Click on a star to start your review