Chhori le Janmaae ka Aamaharu
Chhori le Janmaae ka AamaharuChhori le Janmaae ka Aamaharu

Chhori le Janmaae ka Aamaharu

छोरीले जन्माएका आमाहरु

Paperback
Rs 650
Genre:Memoirs
Language : Nepali
Published: September 12, 2022
Edition:1st
Paperback
Origin:Nepal
ISBN13:9789937945110
ISBN10:9937945119
Pages:450

पुस्तकको बारेमा

यस पुस्तकमा नेपालबाहिर हाल विभिन्न अमेरिकी राज्यहरूमा बसोबास गरिरहेका बाह्रजना छोरीले लेखेका आमाहरूको जीवनकथा समेटिएको छ । सतहमा बाह्रजना आमाको जीवनगाथा भए पनि पुस्तकले उहिले र अहिलेको समय–अन्तरालमा महिलाले भोग्नु परेका, भोगेका र भोगिरहेका विविध सामाजिक–सांस्कृतिक–राजनीतिक–आर्थिक पहलुहरूबारे रोचक ढंगले बोलेको छ । पुस्तकमा आमाहरूको जीवनका विभिन्न पक्षहरूको चर्चा गरिएको छ ।

About the Book

This book contains life stories of mothers written by twelve daughters who are currently living in different American states outside of Nepal. Even though it is a biography of twelve mothers on the surface, the book has interestingly talked about the various social-cultural-political-economic aspects that women have experienced, experienced and are experiencing in that time and now. Various aspects of mothers' lives are discussed in the book.

पछिल्लो बाहिरी पृष्ठबाट

आमाहरू युगौंदेखि राज्य निर्माण, समाज निर्माण र परिवारलाई समेट्ने काममा होमिँदै आएका छन् । तर उनीहरूले राष्ट्र-निर्माणमा गरेको योगदानबारे न कुनै राष्ट्रिय इतिहासमा उल्लेख गरिएको पाइन्छ, न उनीहरूका घरेलु श्रम र समर्पणबारे सराहना गरेको देखिन्छ । छोरीहरूले लेखेका यी कथाहरू निजी र सार्वजनिक स्पेसमा आमाहरूले गर्दै आएका गोचर र अगोचर संघर्ष, श्रम र योगदान देखाउने आँखीझ्याल हुन् ।

आमाहरूको जीवनकथा लेखनबिना महिलाहरूको इतिहासको अपूरो लेखन मात्रै हुन्छ । नेपाली इतिहास लेखनमा छोरीले जन्माएका आमाहरू कृति हर-स्टोरी डक्युमेन्टेसनकै अर्को खुड्किला हो । यो आमाहरूको जीवनगाथा र महिलासम्बन्धी इतिहास लेखनको सम्मिश्रण हो र महिलाहरूको योगदानलाई सम्मान गर्दै त्यसलाई अजर-अमर तुल्याउने अभियानको एक अंश पनि हो । पुस्तकमा आमाहरूको जीवनका विभिन्न पक्षहरूको चर्चा गरिएको छ । पुस्तक ती आमाहरूको व्यक्तिगत जीवनी हो, उहाँहरू बाँचेको समाजको कथा हो, त्यतिबेलाको महिला-पुरुष अवस्थाको चित्रण हो, आमाछोरीका सम्बन्धको संस्मरण हो, र हजुरआमा-आमा-छोरी-नातिनीहरूको अन्तरपुस्ता नालीबेली पनि हो।