Chat Girl
Chat GirlChat Girl

Chat Girl

च्याट गर्ल

Paperback
Rs 202Rs 225
Genre:Short Stories
Language: Nepali
Paperback
Origin:Nepal
ISBN13:9789937858465
ISBN10:9937858461

पछिल्लो बाहिरी पृष्ठबाट

"च्याट गर्ल लाई म प्रयोगशील रोचक कथामा राख्छु । यो आजको साइबर कथा हो र लामो भए पनि यो उत्साहवर्द्धक छ । यौटी रहस्यमय युवतीको कथाकार कम मास्टरसित च्याटमा प्रेमसंवाद हुन्छ । एउटै ठाउँ भए पनि भेटघाट छैन । तर पछि यस रहस्यको पर्दाफास हुन्छ । दुवै पक्षको अर्न्तद्वन्द्व र भ्रमलाई मात्र होइन, आजका पुस्तालाई पनि यस कथाले मीठो भ्रम दिन्छ ।

-परशु प्रधान

युवा प्रेमभित्रको मानसिक र मानवीय पक्षालाई बलियो गरी लेख्न सक्नु मिलनको खुबी नै रहेछ । मिलन आफ्नो समयका कथा लेख्दा रहेछन् । आफैले देखेका चरित्रहरुलाई मजाले कथामा भित्र्याउँदारहेछन् । यो उनको सबैभन्दा शक्तिशाली खुबी हो । आफूले लेखेका कथाको कलात्मक बान्कीप्रति अति सजग हुँदा रहेछन उनी । यही सजगताले उनलाई असल र बलिया कथाहरु लेख्न उत्प्रेरित गरेको हुनुपर्छ । यस सङ्ग्रहका कथाले मलाई निकै समयसम्म बिथोलिरहनेछन् र यसभित्रका चरित्रहरूले लामो समयसम्म मलाई पछ्याइरहनेछन् । सुन्दर कथाहरुको सुन्दर सङ्ग्रह ।

-नयनराज पाण्डे