Char Kutnitigya

Char Kutnitigya

चार कूटनीतिज्ञ: ( रामप्रसाद मानन्धर, शोभागजङ्ग थापा, पद्मबहादुर खत्री र झरेन्द्रनारायण सिंह)

Paperback
Rs 600

पछिल्लो बाहिरी पृष्ठबाट

व्यावसायिक कूटनीतिको लामो अनुभव भएका डा. मदनकुमार भट्टराईले अन्तर्राष्ट्रिय सम्बन्धमा विद्यावारिधि र महाविद्यावारिधि गरेका छन् । सुरूमा पत्रकारितासमेत गरेका उनी परराष्ट्र मन्त्रालयमार्फत निजामती सेवामा प्रवेश गरेका हुन् । पूर्वपरराष्ट्र सचिव डा. मदनकुमार भट्टराई भट्टराईले नयाँ दिल्लीस्थित राजदूतावासको उपनियोग प्रमुख, परराष्ट्र मन्त्रालयमा चारचार पटक प्रवक्ता, जर्मनी र जापानका लागि राजदूत तथा राष्ट्रपति विद्यादेवी भण्डारीका परराष्ट्र तथा कूटनीति विज्ञ भएर काम गरिसकेका छन् । अध्ययन, अनुसन्धान र विशिष्ट व्यक्तिहरुसँग अन्तर्क्रिया गरिरहन रूचाउने भट्टराईको यो पुस्तक कूटनीति मामिलामा रूचि राख्नेहरुका लागि बहुउपयोगी छ ।
कूटनीतिलाई मूल विधा बनाई अध्ययन, अनुसन्धान र विश्लेषणको प्रतिफलका रूपमा डा. मदनकुमार भट्टराईले लेखेका परराष्ट्रका पात्र तथा परराष्ट्रका प्रशासकलाई पाठकले धेरै रुचाए । अहिले तेस्रो पुस्तकका रूपमा चार कूटनीतिज्ञ आएको छ । देशको परराष्ट्र नीति, अन्तर्राष्ट्रिय मामिला र कूटनीति निर्माण, कार्यान्वयन एवम् अभ्यासमा संलग्न पहिलो पुस्ताका चार विशिष्ट कटनीतिज्ञको कार्यसम्पादनलाई यस कृतिले सूक्ष्म रूपमा केलाएको छ। रामप्रसाद मानन्धर, शोभागजङ्ग थापा, पद्मबहादुर खत्री र झरेन्द्रनारायण सिंह यस पुस्तकका विषयवस्तु हुन् । उनीहरूको योगदान, कमीकमजोरी र उक्त विषयसँग जोडिएका व्यक्ति वा घटनाको सप्रसङ्ग व्याख्या यस पुस्तकमा छ ।