Chanakya Niti Sutra
Chanakya Niti SutraChanakya Niti Sutra

Chanakya Niti Sutra

चाणक्य नीति - सूत्र

by Chanakya, Translated by Dr. Tulsi Bhattarai
Paperback
Rs 695
Genre:Fiction, Religion
Language : Nepali
Paperback
Origin:Nepal
ISBN13:9789937512848
ISBN10:9937512840

पछिल्लो बाहिरी पृष्ठबाट

विपत्तिबाट बच्न धनको रक्षा गर्नुपर्छ, कुनबेला आपत्ति आइपर्छ कसलाई के थाहा हुन्छ र ? लक्ष्मी-ऐश्वर्य चञ्चल हुन्छिन्, सञ्चय गरेको धन कुनै पनि बेला नष्ट हुनसक्छ ।

विरामी पर्दा, विपत्तिका समयमा, अकाल परेका बेला, दुश्मनद्वारा आक्रमण वा सङ्कटमा पर्दा, राजकाज लागेका क्षण अथवा श्मशान घाटमा जसले साथ दिन्छ, त्यही नै साँच्चो बन्धु हो, आफन्त वा मित्र हो ।

ज्ञानी, छलकपट नभएको, शुद्ध मन भएको व्यक्तिसँग मात्र गोप्य वार्ता - छलफल गर्नू, यस्तालाई मात्र मन्त्री बनाउनू ।

जोसँग धर्म, अर्थ, काम र मोक्ष यी चारतत्त्वमध्ये कुनै एक पनि छैन, त्यस्ता व्यक्तिका निम्ति जतिसुकै जन्म लिए पनि त्यसको फल केवल मृत्यु मात्रै हो ।

धर्म र धार्मिक कर्म नभएको व्यक्ति जीवित भए पनि मृतक समान हो । धर्मको आचरण पालना गर्ने व्यक्तिचाहिँ चिरञ्जीवी यशस्वी हुन्छ ।

मानिस एक्लै जन्मिन्छ अनि एक्लै मर्दछ । अनि ऊ एक्लैले राम्रो-नराम्रो कर्म र सांसारिक दुःखसुख पनि भोग्दछ । ऊ एक्लै नरक जान्छ र एक्लै नै परमपद् पनि प्राप्त गर्दछ ।