Delivery in 1-3 days
विक्रम सम्वत २०१३ साल पौष १७ गते काभ्रेपलान्चोक जिल्लाको कानपुर गाउँमा जन्मनुभएका उमेशप्रसाद मैनालीले २०३४ सालमा निजामती सेवामा प्रवेश गरी २०६६ सालसम्म ३२ बर्ष नेपाल सरकारको सचिवदेखि विभिन्न सरकारी जिम्मेवारीका पदहरूमा रही सेवा अनुभव हासिल गर्नुभएको छ । झण्डै ६ वर्ष नागरिक समाजको फरक अनुभव सम्हाल्दै २०७१ चैत्र ११ देखि २०७७ चैत्र १० सम्म लोक सेवा आयोगको अध्यक्षको पदमा रही नेपालको सार्वजनिक सेवामा योग्यता प्रणाली प्रभावकारी बनाउने उल्लेखनीय भूमिका निर्वाह गर्नुभएको छ । मैनालीका प्रशासन, व्यवस्थापन र शासकीय व्यवस्थापन सम्बन्धी सयौं लेखहरू विभिन्न जर्नल र पत्रपत्रिकामा प्रकाशित छन् । वहाँ प्रशासनिक क्षेत्रमा पुयाउन' भएको योगदानको निम्ति 'हेमबहादुर मल्ल सम्मान, २०७०' द्वारा सम्मानित हुनु भएको छ । त्यस्तै वहाँले प्रसिद्ध प्रवल जनसेवाश्री' र 'गोरखा दक्षिण बाह' मान पदवीबाट विभूषित हुनुहुन्छ । वहाँको 'सार्वजनिक शासन नामको कृति प्रकाशित छ ।