Brishav Vadh

Brishav Vadh

वृषभ वध

Paperback
Rs 325
Genre:Fiction
Language : Nepali
Published: March 2015
Edition:1st
Paperback
Origin:Nepal
ISBN13:9789937893138
ISBN10:9937893135
Pages:285
Weight:250 g

पछिल्लो बाहिरी पृष्ठबाट

वृषभ वध काठमाडौंको उत्तरपूर्वी गाउँमा घटेको पचास वर्षअघिको कथा हो । उपन्यासको केन्द्रमा किशोर देवेन्द्र शर्मा र डढेसाँढेको मित्रता तथा सङ्घर्षको कथा छ । एउटा साँढेको कृत्यलाई लिएर कसरी स्थानीयदेखि केन्द्रीय राज्य प्रशासन र राजनीति प्रभावित भए र तिनले त्यो घटनालाई आफूअनुकूल कसरी प्रयोग गरे भन्ने कुराको उपन्यासमा रोचक वर्णन छ । दुई परिवारको आपसी टकराव र तिक्ततापछि उब्जने राजनीतिक दाउपेचको पनि कथा हो यो । सुपरिचित आख्यानकार नारायण ढकालको कविता, निबन्ध र माक्र्सवादी सौन्दर्यशास्त्रमा समेत दख्खल छ । उनी राजनीतिक टिप्पणीकारका रुपमा पनि चर्चित छन् । यसअघि उनका तीन उपन्यास, पाँच कथा सङ्ग्रह, दुई बालकथा सङ्ग्रह, दुई निबन्ध सङ्ग्रह र दुई अनुवाद कृति प्रकाशित छन् । उनका निबन्ध सङ्ग्रह शोकमग्न यात्री र कथा सङ्ग्रह इन्द्रजाल फाइनप्रिन्टबाट प्रकाशित छन् ।