Brahmandako Antya's front cover

Brahmandako Antya

ब्रह्माण्डको अन्त्य
Brahmandako Antya's front coverBrahmandako Antya's back cover

Paperback

Rs 539

Delivery in 1-3 days

पछिल्लो बाहिरी पृष्ठबाट

आर.बी. निश्चलको नवीनतम कविताकृति ब्रह्माण्डको अन्त्य समसामयिक नेपाली कवितामा देखिएको एउटा उत्तेजक विस्फोट हो । समय र अस्तित्व अनि जीवन र परिवेशको गहिरो प्रतिध्वनिलाई कवि रूपकमार्फत निरन्तर प्रश्न गर्छन्- मानिस कहाँ सकिन्छ, पीडा कहाँ समाप्त हुन्छ र अन्त्यको भावना कहिले जन्मिन्छ ? यहाँ 'अन्त्य' कुनै विनाशको घोषणा वा भविष्यवाणी होइन; अस्तित्वको जटिल स्वरूपलाई बुझ्ने एउटा मानसिक अवस्थामात्र हो । यी कविताहरूले अन्त्यको कथा भन्दैनन्; बरु अन्त्यलाई बुझ्ने हाम्रो क्षमतालाई नै चुनौती दिन्छन् । मानवीयअनुभूति र संवेदनाहरूको काव्यिक दस्तावेज बनेका यी कवितामा कवि-मनको सूक्ष्म कम्पन, प्रतिकम्पन छ ।
यो केवल कवितासङ्ग्रह होइन, मानव अस्तित्वको सीमारेखामा उभिएको एक तीव्र आत्म-अन्वेषण हो । अस्तित्ववादी दृष्टिले ब्रह्माण्डको अन्त्य आफैँलाई बुझ्न खोज्दा आफूबाटै टाढिदै गएको मानवीय विडम्बनाबोध हुन्छ । यी कविता 'अस्तित्व' र 'अर्थ' बीचको सङ्घर्षमा जन्मिएका हुन् । यी कविताले कुनै उत्तर दिनुको सट्टा पाठकभित्र नयाँनयाँ प्रश्न उमारिदिन्छन् । वास्तवमा ब्रह्माण्ड बाहिर छैन, आफैँभित्रै छ । ब्रह्माण्ड भौतिक परिधिभन्दा पनि ज्यादा आत्म-परिधि हो । कविता पढ्दा पढ्दै बुझिन्छ– अन्त्य 'अन्त्य हुने कुरामा होइन; 'अन्त्यको बोधमा हुन्छ । र, यही सुन्दर बोधले सम्पूर्ण कवितालाई दार्शनिक उचाइमा पुयाएको छ ।

All Editions

9789905994256
Paperback
ISBN13: 9789905994256
Imprint Publishers, 2026

Share Your Thoughts

Your review helps others make informed decisions

Click on a star to start your review