Bishalu Bampanth's front cover

Bishalu Bampanth

विषालु वामपन्थ
by Dr. Rajiv Mishra, Translated by Manoj Khadka
Bishalu Bampanth's front coverBishalu Bampanth's back cover

Paperback

Rs 650

Delivery in 1-3 days

पछिल्लो बाहिरी पृष्ठबाट

यो पुस्तक विद्वत्ताको भ्रम पालेर लेखिएको होइन । ऐतिहासिक घटनाक्रम लगायत समयको पहिचान गर्नका लागि पनि सिफारिसयोग्य होस् भन्ने चाहना होइन । यस पुस्तकको स्तर चियापसल तथा चोक र चौबाटोमा हुने चर्चा भन्दा माथिको नहोला ! त्यतिमाथिको बनाउने प्रयास पनि गरिएन । न त्यसो गर्ने मनसाय नै थियो । यो पुस्तक पढ्नका लागि लेखिएको हो, कोठामा सजाउनका लागि होइन ।
बस वा रेल स्टेशनमा किनेर यात्रा अवधिभरि पढेर पाठकहरूले त्यहीँ छोडेर जाऊन्, आफैंसँग लिएर जाने कष्ट नगरून् । सस्ता पुस्तकको पंक्तिमा यसलाई राखियोस् । यस पुस्तकलाई तपाईं यात्राका क्रममा बसेको सिटमै छोडेर जानुहोला । अर्को यात्रीले त्यसलाई पढ्न पाओस् । जोकोहीले पनि पढ्न सकून् - बस स्टेशनका ड्राइभर, खलासी, ठेलागाडामा पसल चलाउने व्यक्ति, भरिया, कपडा सिलाउने लगायत तमाम सामान्य मानिस । उनीहरूले पढून् र सोचून् । यो पुस्तक त्यस्तो पुस्तकको लिस्टमा नपरोस् जुन १० लाख प्रति बिकेर पनि दश हजार जनाले सबै पृष्ठ छिचोल्न नसकोस् । बरू यसको ५ हजार प्रति मात्र बिकोस् तर एक लाख मानिसले पढून् । पढ्नुहोस्, तर यसलाई सजाउने लायकको किताब नसम्झनुहोस् । बरु अर्को व्यक्तिको हातमा थमाइदिनुहोला ।
वैचारिक प्रामाणिकताका लागि यस पुस्तकको दार्शनिक विद्वत्ता, ऐतिहासिक स्पष्टता, साहित्यिक सौन्दर्यविहीनताको दाबी पुनः एकपटक गर्न चाहें । यो पुस्तक मैले आफ्नो दृष्टिकोणका आधारमा लेखेको हुँ । संसार जसरी देखें, जसरी बुझें त्यसरी नै लेखें । यसमा गहिरो ज्ञान र राजनीतिक प्रतिबद्धताको मसला मिसाएको छैन । यो पुस्तक विश्वविद्यालयमा शोध गरिरहेका प्राज्ञिक र मिडियामा ज्ञान बाँड्ने बुद्धिजीवीहरूका लागि उपयुक्त नहोला ! यो तपाईं हाम्रा लागि हो । यसमा भावी पुस्ताको भविष्यको चिन्ता छ । देश र समाजको भविष्यको चिन्तन छ । जे छ, सत्यनिष्ठा र सरल बुद्धिबाट सोचेर लेखिएको यो पुस्तक तपाईंसामु छ…..

All Editions

9789905003699
Paperback
ISBN13: 9789905003699
Dr. Rajiv Mishra

Share Your Thoughts

Your review helps others make informed decisions

Click on a star to start your review

Reader Reviews

4.9
MP
Meera Pandey
July 4, 2026

Worth to read. Save your child from these left virus. This left thought is in real toxic that destroy our families.

JP
Jharna Prasai
July 3, 2026

A thought provoking and eye opening book, worth reading 👍👍

SK
shishir khadka
July 3, 2026

The book feels more personal as it feels like a conversation with someone who has clearly lived through the ideological journey. A wake-up call for ev...

MP
Manoj Pandey
June 29, 2026

“बिषालु वामपन्थ” विचार र यथार्थबीचको संघर्षलाई गहिरो रूपमा चित्रण गर्ने उत्कृष्ट कृति हो। डा. राजीव मिश्राले राजनीतिक सोच र मानव स्वभावको जटिलता उजागर...

June 28, 2026

I disagree with the author's claim that feminism is another form of communism. but the book's social analysis is brilliant.

PP
Prakash Poudel
June 28, 2026

वामपन्थको फेरिएको स्वरुपलाई पहिचान गर्न यो पूस्तक पढौँ ।

SG
Sushant Ghimire
June 28, 2026

Excellent book! Highly recommended—a must-read.

June 28, 2026

Excelling book a must read one

PD
Purushottam Dhungana
June 28, 2026

Must-read book