Bikalpa
BikalpaBikalpa

Bikalpa

Samata, Samajwaad Ra Mukta Duniya

विकल्प

Paperback
Rs 700
Hardcover
Rs 900
Genre:Non-fiction
Language : Nepali
Published: October 07, 2023
Paperback
Origin:Nepal
ISBN13:9789937753500
ISBN10:9937753503

पछिल्लो बाहिरी पृष्ठबाट

शान्तिपूर्ण सङ्घर्ष चलिरहेको अवस्थामा आफ्नो मूल्य र मान्यतालाई जोगाएर, आफ्नो संस्कृतिलाई बचाएर आफूलाई बिटुलो नपारी कम्युनिस्ट बनेरै लड्नु भनेको बम फ्याँक्नु, बन्दुक खोस्नु र एम्बुस थाप्नुभन्दा गाह्रो विषय हो । त्यसैले कम्युनिस्टहरूले यी दुवै बेलामा सजग रहनु पर्दछ । हिंसाको बेला ज्यान जाने खतरा हुन्छ । शान्तिको बेला इमान जाने खतरा हुन्छ । इमान जोगाउन सकिएन भने कम्युनिस्ट कम्युनिस्ट रहँदैन । ज्यान जाँदा शहीद भइन्छ, इमान जाँदा न कम्युनिस्ट रहिन्छ, न शहीद भइन्छ ।

हरेक क्रान्तिले आफूलाई नयाँ पदावलीहरूमा अभिव्यक्त गर्दछ । सङ्घर्षका भीषण कालहरूमा नयाँ पदावलीहरूले जन्म लिन्छन् र कतिपय प्रचलित र पुराना पदावलीहरूले पनि नयाँ अर्थ धारण गर्दछन् । गणतन्त्र, सङ्घीयता र समावेशी प्रजातन्त्र नेपालको मौलिक क्रान्तिले सिर्जना गरेका जैविक पदावलीहरू हुन्; भलै, सदियौंदेखि शब्दभण्डारमा यिनीहरूको अस्तित्व थियो तर आज जनयुद्धले यी पदावलीमा नयाँ अर्थहरू जोडिदिएको छ ।