Genre: | Non-fiction |
---|---|
Language: | Nepali |
Paperback | |
Origin: | Nepal |
ISBN13: | 9789937665100 |
ISBN10: | 9937665108 |
Pages: | 155 |
भूमिमा आधारित किसान र राज्यबीच सम्बन्धका अनेक नेटो र घुम्तीको सजीव चित्र यस पुस्तकमा प्रस्तुत गरिएको छ । यसमा राजी, सोनाहा. चेपाङ, माझी. बोटे. मुसहर, दनुवार, गुरुङ जस्ता नेपालका आदिवासी जनजाति समुदायको भूमिसँगको सम्बन्ध र तिनमा आइरहेका परिवर्तनबारे समुदायमै पुगेर प्रत्यक्ष संवादका आधारमा तयार पारिएको रिपोर्ताजका साथै बिर्ताप्रथा र गुठीप्रथाको कहर खेपिरहेका रसुवा, नुवाकोट र सिन्धुपाल्चोकका किसानका पीडाको जीवन्त चित्रण पाइन्छ ।
६६ वर्षयता नेपालमा भूमि सुधारका नाममा भएगरेका काम, नेपालको अर्थ-राजनीतिक इतिहास र वर्तमानबारे कहिले इतिहास लेखनको शैली त कहिले आख्यान लेखनको शैली अपनाएर तयार पारिएको यो पुस्तक आदिवासी समुदाय र राज्यबीचको सम्बन्ध तथा भूमि, किसान र राज्यबीचका सम्बन्धको इतिहास जान्न चाहनेका लागि उपयोगी हुनेछ।
Mobile Apps
Contact