Bhampa

Bhampa

(Ek Adaan Anek Prashna)

Paperback
Rs 795

पुस्तकको बारेमा

१७ अगस्ट, १९९० मा भुटानका सहायक गृहमन्त्री दागो छिरिङको एउटा सार्वजनिक सूचना आयो- ‘दक्षिणी भुटानबाट ठूलो संख्यामा ल्होत्साम्पाहरू राज्यद्रोहको अभियानमा सहयोगी बन्न देश छाडेर हिँडिरहेका छन् । आइन्दा उनीहरूलाई भुटानी नागरिकका रूपमा दर्ज गरिने छैन ।’
यही ‘नोटिफिकेसन’ बोकेर थिम्पुबाट फुन्चोलिङ-जयगाउँ झरेका एक वरिष्ठ चिकित्सक भम्पा राई फेरि फर्किएर आफ्नो जन्म-कर्मथलो कहिल्यै गएनन् । त्यही दक्षिणी भुटानबाट लखेटिएर शरणार्थी बन्न पूर्वी नेपाल आइपुगेका एक लाखभन्दा बढी आफन्तजनको बीचमा स्वनिर्वासित र आजन्म परोपकारी बनेरै उनले जीवन बिताए । आज पनि दमक, झापाको सीतापुरी राजमार्ग छेवैको जङ्गलमा तिनै सत्पुरुष डा. भम्पा राई र उनकी श्रीमती उर्मिलासहितको समाधिस्थलको जग बसेको छ जसले कथित लोकतन्त्र तथा सुखी-खुसी राष्ट्रको दुहाई दिएर नथाक्ने त्यही ड्रागन माटोको कालो कर्तुतलाई जुगजुगान्तर सम्झाइरहनेछ ।
उनै मानवतावादी सत्पात्र भम्पाको जीवन, संघर्ष र शरणार्थी जीवनको उहापोहमाथि लेखक वीरेन मगरले लेखेको यो कृति ‘भम्पा’ इतिहासको यो कालखण्ड उधिन्ने एउटा झिल्को हो, चिंगारी हो । चिंगारी अर्थात् आगोको सूक्ष्म कण जुन दन्किरहेको ज्वालाबाट मात्रै निस्कने गर्छ ।
|
प्रश्न अनेक छन्, अडान एउटै – घरफिर्ती !